September 23rd, 2018

स्वदेशी लघुवित्तको शतप्रतिशत हकप्रद सेयर असोज २३ गतेदेखि

बैकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २३ गतेदेखि एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कात्तिक २६ गतेसम्म निष्काशन हुने सेयरमा भदौ २४ गतेसम्म कायम सेयरधनीले  आवेदन दिन पाउनेछन् ।  

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।स्वदेशी लघुवित्तको कायार्लय इटहरी र सम्पूर्ण शाखा कायार्लयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत  हकप्रद खरिद गर्न सकिनेछ ।

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्नेछ । लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । जसअनुसार हकप्रद सेयर खरिद गर्नेले समेत उक्त लाभांश प्राप्त गर्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]