September 16th, 2018

स्वावलम्बन लघुवित्तको लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने लघुवित्त व्यवस्थापन तालिमको आयोजना गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुर्याउन कर्जा व्यवस्थापन सम्बन्धी थप ज्ञान हासिल गराउन, नियमित कार्यसम्पादन क्षमता विकास गर्न साथै लघुवित्तमा देखिएका समस्या र चुनौतिहरुको समाधानको उपायहरु बारे अबगत गराउन आयोजना गरिएको तालिममा लघुवित्त क्षेत्रका विज्ञ, तालिम विज्ञ तथा संस्थाका विभागीय प्रमुखहरुबाट विभिन्न सत्रहरु संचालन भएका थिए ।

तालिम कार्यक्रम लघुवित्तको सिद्धान्त, केन्द्र व्यवस्थापन, कर्जा विश्लेषण तथा सदुपयोगिता, संस्थाको आत्मनिर्भरता तथा दीगोपन, उद्यमशीलता तथा व्यवसायिक अवसरको विश्लेषण, भाका नाघेको कर्जा व्यवस्थापन तथा न्यूनिकरणका उपायहरु सम्बन्धमा केन्द्रीत थियो । तालिम समापन पश्चाच सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले तालिमले सहभागीहरुको प्रभावकारी कार्यसम्पादनमा आत्मविश्वास बढ्ने साथै लक्ष्य अनुसार प्रगति हासिल गर्नमा समेत सहयोग पुग्ने विश्वास लिएको बताए । तालिममा मन्तब्य राख्ने सहभागीले दैनिक रुपमा गर्दै आएका कार्यहरुमा अझ बढी ज्ञान अभिवृद्धि भई दक्षता हासिल भएको अनुभव साटेका थिए ।

भाद्र २७ गतेदेखि ३९ गतेसम्म संचालन भएको तालिममा विभिन्न शाखा÷उपशाखा कार्यालयमा कार्यरत ३० जना सहायक स्तरका कर्मचारीहरुको सहभागीता रहेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]