August 14th, 2018

ग्रामीण विकास लघुवित्तद्धारा देशका विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । यसै क्रममा संस्थाले प्रधान कार्यालय, बुटवल, रुपन्देही र क्षेत्रीय कार्यालय धनगढी, कैलालीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मानविय सेवा र धर्मका लागि रक्तदान गरौं भन्ने मूल उद्देश्यबाट अभिप्रेरित भई ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको  उपलक्ष्मा रक्तदान कार्यक्रमको  आयोजना गरेको हो ।  

उक्त रक्तदान कार्यक्रममा संस्थाका शेयर सदस्यहरू, सञ्चालक समितिका पदाधिकारीहरू, संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत ४१ जना कर्मचारी तथा विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए । 

संस्थाको प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा सञ्चालक बम बहादुर मिश्र, सुब प्रसाद रिजालको उपस्थितिमा सञ्चालक जमुना ढकाल र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । 

यसैगरी क्षेत्रीय कार्यालय धनगढीमा सञ्चालन भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रवन्धक मोतिराज खनालले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार इकाई, भैरहवा, रुपन्देही र क्षेत्रीय कार्यालय धनगढीमा सञ्चालन भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र, धनगढी, कैलालीको प्राविधिक सहयोग रहेको थियो ।

संस्थाले साउन ३० गते बुधवार बिहान तिलोतमा नगरपालिका, शंकरनगर, वनवाटिका परिसर, रुपन्देहीमा वृक्षा रोपण कार्यक्रम र सोही दिन  दिउँसो वार्षिकोत्सव मूल समारोह आयोजना गर्ने भएको   छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]