August 14th, 2018

पाँच प्रतिशत बोनस सेयर र ८.६८४ नगद लाभांश वितरण गर्दै पोखरा फाइनान्स 

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र ८.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फाइनान्सको सोमबार (साउन २८ गते) बसेको संचालक समितिको ४५४औँ वैठकले सो प्रस्ताव अघि सारेको हो । 

हाल पोखरा फाइनान्सको चुक्तापुँजी ८१ करोड ६४ लाख ५० हजार एक सय १५ रुपैयाँ रहेको छ । फाइनान्सले सात करोड नौ लाख पाँच सय २८ रुपैयाँ नगद लाभांश र चार करोड आठ लाख २२ हजार पाँच सय छ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । बोनस सेयर जारी भएपछि कम्पनीको चुक्तापुँजी ८५ करोड रुपैयाँ नाघ्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]