August 13th, 2018

लघुवित्तहरुलाई अर्थमन्त्रीको आग्रह : वित्तीय संस्था नपुगेका स्थानमा जाउ

बैंकिङ खबर । अर्थमन्त्री डा.युवराज खतिवडा वित्तीय संस्थाहरु नपुगेका स्थानहरुलाई प्राथमिकतामा राखेर शाखा विस्तार गर्न लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । स्वाबलम्बन विकास केन्द्रको २७ औं वार्षिक उत्सवमा बोल्दै उनले चरम गरीबी र अभाव भएका स्थानहरुमा जान आग्रह गरेका हुन् । यसका लागि स्थानीय निकायहरुसँग सहकार्य गर्न समेत उनले सुझाव दिए । अहिले गरीबीको दर घट्दै गएको भए तापनि  सबै क्षे्त्रमा समान रुपले घट्न नसकेको उल्लेख गर्दै उनले त्यस्ता क्षेत्रमा लघुवित्त कार्यक्रमहरु लैजानुपर्ने आवश्यकता औँल्याए ।

अर्थमन्त्री खतिवडाले अब उत्पादनसँग जोडिने काममा लाग्न पनि लघुवित्त संस्थाहरुलाई आग्रह गरे । अनौपचारिक सेवामा लाग्नेहरुलाई औपचारिक क्षेत्रमा ल्याउने काम लघुवित्तहरुको भएको उनको भनाई थियो । 

लघुवित्त क्षेत्रमा देखिएको व्याजदर लगायतका समस्या समाधान गर्न पनि उनले लघुवित्तहरुलाई आग्रह गरे । उनले लघुवित्तलाई सरकारले गर्नुपर्ने नीतिगत सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]