August 12th, 2018

नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २५० प्रतिशत अर्थात १०० बराबर २५० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । भदौ ३१ गतेसम्म खुला रहने सेयरमा साउन ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा छ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडरहेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका अधिकांश शाखा कार्यालय लगायत धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]