August 10th, 2018

१०.६८ अंकले घट्यो सेयर बजार, पाँच दिनमा एक अर्ब पनि पुगेन कारोबार

बैंकिङ खबर । यो साता सेयर बजार १०.६८ अंकले घटेको छ । गत साता ११९१.३१ अंकमा बन्द भएको बजार यो साता ११८०.६३ अंकमा झरेको हो । साताको पाँच दिन नै सेयर बजार गिरावटको क्रममा रहेको थियो । 

साताभरमा जम्मा ९१ करोड ८७ लाख ३२ हजार एक सय ५१ रुपैयाँको कारोबार भएको छ । आइतबार १६ करोड र सोमबार १९ करोड हँदै मंगलबार २१ करोडसम्मको कारोबार भएको बजारमा बुधबार १५ करोडको पनि कारोबार हुन सकेन । विहीबार भने केही सुधारसहित १९ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको धेरै कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स, सृजना फाइनान्स, प्रोग्रेसिभ फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । फस्र्ट माइक्रोफाइनान्स, मल्टिपर्पोज फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]