August 6th, 2018

जनसेवी लघुवित्तको त्रैमासिक समिक्षा तथा रणनीतिक गोष्ठी सम्पन्न

पर्बत जिल्लाको कूश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लामा २१ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रम विस्तार गर्न सफल जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको आ.व.२०७४।७५ को वार्षिक समिक्षा तथा आ.व.२०७५।७६ को रणनीति सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । 

वित्तीय संस्थाका अध्यक्ष विकास गौचनको अध्यक्षतामा शूरु भएको उक्त कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष र पुर्व प्रमूख निर्वाचन आयूक्त निलकण्ठ  उप्रेतीले संयुक्त रुपमा गरेका थिए । प्रमूख अतिथि निलकण्ठ उप्रेतीले संस्थाको प्रगतिका लागि संचालकहरु, व्यवस्थापन र शाखा प्रवन्धक लगायत सम्पुर्ण कर्मचारीहरुलाई अनूशासित भई कार्य गर्नू पर्ने सूझाव दिए । 

कार्यक्रममा संस्थाका अध्यक्ष विकास गौचनले शाखा प्रवन्धकहरुलाई संस्थाको पक्षमा निरन्तर लागिरहन सुझाव दिए । त्यस्तै, कर्जा निक्षेप बढाउनका साथै आ.व.२०७५।७६  को लागि प्रक्षेपण गरिएको कर्जा लगानी ८४ करोड र नाफा दुई करोड पुर्याउन तनमनले लाग्न उनले प्रोत्साहित गरे । कर्मचारीहरुको सेवा सुबिधा बढाईने, राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने समेत उनले बताए ।

कार्यक्रममा आ.व.२०७५।७६ को वार्षिक समिक्षा तथा आ.व.२०७५।७६ को रणनीति वारे सहायक प्रवन्धक हर्ष बहादूर स्याङ्तानले शाखाका कार्यालय प्रमूखहरुसँग अन्तरक्रिया गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]