July 18th, 2018

सानिमा बैंकको रेमिटयान्स सेवा मलेशियाबाट पनि

सानिमा बैंक लिमिटेड र सि.बि.एल मनि ट्रान्सफर बिच मलेशिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सि.बि.एल मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम नेपाल भरि ८,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । मलेशियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ । 

आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, कोरिया, लगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिदै आइरहेको छ । 
हाल, सानिमा बंैकको सात वटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]