July 13th, 2018

स्पर्स लघुवित्त स्थापनाको दोस्रो वर्षमा प्रवेश

बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर लघुवित्तले विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा गरिव विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, वित्तीय साक्षरता सम्बन्धीप्रभात फेरी कार्यक्रम, वृद्धाश्रममा वद्धवृद्धाहरुलाई फलफुुल तथा खाद्यान्न वितरण, फरक तरिकाले सक्षम व्यक्तिहरुलाई खाद्यान्न वितरण, बाटो तथा चोक सरसफाई जस्ता कार्यक्रमहरु सम्पन्न गरेको छ । 

वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रमको समापन गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय साक्षरतामाथि प्रकाश पारे । नेपालमा अझै पनि करिव ६० प्रतिशत जनताहरुले वित्तीय पहुँच नपाईरहेको अवस्थामा यस किसिमका कार्यक्रमहरु दुरदराजमा पुर्याउनुपर्ने उनले बताए । वित्तीय साक्षरता सम्बन्धी ज्ञानका लागि स्कुल तथा क्याम्पसहरुमा विद्यार्थीहरुलाई समेत तालिम प्रदान गर्नुपर्ने र विद्यालय तथा कलेजका पाठ्क्रममा पनि समावेश गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा स्थानीय बासिन्दा, वित्तीय संस्थाका ग्राहक सदस्यहरु तथा वित्तीय संस्थाका कर्मचारीहरु गरी करिब २०० जनाको उपस्थिति रहेको थियो ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन गरिएको यस वित्तीय संस्थाले २०७४ असार २९ गतेदेखि विधिवत रुपमा आफ्नो लघुवित्त कार्यक्रमको सुरुवात गरकोे थियो । वित्तीय संस्थाले प्रथम बर्षको अवधिमा आफ्ना १५ वटा शाखा कार्यालयहरु स्थापना गरी करिव ८६०० सदस्यहरुलाई रु.३८ करोड २० लाख कर्जा लगानी गरेको छ र रु. ५ करोड ९० लाख बचत संकलन गरेको छ । साथै वित्तीय संस्थाले आउँदो आर्थिक बर्षमा ५ वटा शाखा विस्तार गर्दै दुर्गम तथा ग्रामीण भेगका जनतामाझ लघुवित्त बैंकिङ्ग कार्यक्रम पुर्याउने योजना बनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]