July 3rd, 2018

सामान्य अंकको वृद्धिसँगै नेप्से ११८०.३६ अंकमा

बैंकिङ खबर । मंगलबार सेयर बजार ०.६५ अंकले बढेर ११८०.३६ अंकमा कायम भएको छ । बैंकिङ, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ३.५३, ६.५३, १.९८, १५.४४ र ०.७१ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत्, बीमा र लघुवित्त भने क्रमशः ०.१६, १६.४७, २८.६७ र ९.५४ अंकले घटेका छन् । 

दिनभरिमा १६२ वटा कम्पनीको  नौ लाख १५ हजार एक सय ३६ कित्ता सेयर तीन हजार तीन सय ६५ पटक खरिदविक्री हुँदा २१ करोड ८१ लाख ९८ हजार नौ सय ९८ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक प्रोमोटरको दुई करोड तथा प्राइम कमर्सियल बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स, नविल बैंक र फस्र्ट माइक्रोफाइनान्स पनि धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा छन् । 

लक्ष्मी बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.८४ प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रो, जेविल्स फाइनान्स, नेशनल माइक्रोफाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैंक, सिभिल बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, रिडी हाइड्रो र हाथवे फाइनान्सका सेयरधनीले क्रमशः ९.८५ र ६.१० प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, उन्नति माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स र  कामना सेवा विकास बैंकका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । गुराँस लाइफ इन्स्योरेन्स, काबेली विकास बैंक, एलआईसी नेपाल लगायतका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]