June 24th, 2018

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । क्लियरिङ्ग हाउसको शुक्रबार (असार ८ गते) बसेको ११३ औं संचलाक समितिको बैंठकले वाणिज्य बैंकका तर्फबाट नेपाल बंगलादेश बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा विकास बैंक समूहका तर्फबाट गरिमा विकास बैंक लिमिटेडका उप महाप्रबन्धक माधव प्रसाद उपाध्यायलाई संचालक पदमा नियुक्त गरेको हो ।

यसअघि संचालक रहेका संचालकद्वय अनुपमा खुञ्जेली तथा प्रद्यूमन पोखरेल आफ्नो बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पदहरु रिक्त रहेका थिए ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]