June 12th, 2018

आईएफसीले निर्धन उत्थान बैंकलाई एक अर्ब कर्जा दिने

निर्धन उत्थान बैंक र विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आईएफसी) बीच  कर्जाको लागि सम्झौता भएको छ । सम्झौतापत्रमा निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र आईएफसीका नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदले  हस्ताक्षर गरेका छन् । सोमबार (जेठ २८ गते) भएको उक्त सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपश्चात आईएफसीलेले निर्धन उत्थान बैंक लिमिटेडलाई एक अर्ब रुपैयाँ कर्जा प्रदान गर्ने छ ।

निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल रहेको नेपालको एक मात्र राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाएको छ । यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पुर्याइरेको छ । बैंकको लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।

यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आई रहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]