May 14th, 2018

सांग्रिला डेभलपमेन्ट बैंकमा जागीर खुल्यो

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले एक जना फरेक्स एण्ड ट्रेजरी डिपार्टमेन्ट हेड र केही संख्यामा फरेक्स एण्ड ट्रेजरी अफिसर मागेको छ । दुई पदका लागि आवेदन दिन ४० वर्ष उमेर ननाघेको हुनुपर्छ ।

फरेक्स एण्ड ट्रेजरी डिपार्टमेन्ट हेडका लागि अर्थशास्त्र, व्यवस्थापन एवम् सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको र पाँच वर्षको कार्यअनुभव भएको व्यक्ति मागिएको छ । अफिसरका लागि स्नातक गरेको र तीन वर्षको अनुभव भएको हुनुपर्नेछ । स्नातकोत्तर गरेको लाई प्राथमिकता दिइनेछ ।

आवेदन दिने म्याद जेठ १८ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.shangrilabank.com/jobs/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]