April 25th, 2018

१३८६ अंकमा झर्यो सेयर बजार, ५६ करोडको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार ८.३९ अंकले घटेर १३८६.४७ अंकमा कायम भएको छ । अन्य समूह ०.७२ अंकले बढे पनि बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ५.९, ०.१७, २८.७६, १६.६५, २३.०९, ५.०३, ५७.२७, ११.१७ र १८.३२ अंकले घटेका छन् ।

दिनभरिमा ११ लाख सात हजार पाँच सय १३ कित्ता सेयर पाँच हजार सात सय ५९ पटक खरिदविक्री हुँदा ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँको कारोबार भएको छ । नेपाल ग्रामीण विकास बैंकको चार करोड, ग्लोबल आईएमई बैंकको दुई करोड तथा राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, चिलिमे हाइड्रो, युनाइटेड इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, स्वाबलम्बन विकास बैंक, फरवार्ड कम्युनिटी डेभलपमेन्ट बैंक, सानिमा माई हाइड्रो, नेपाल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा ३३ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । स्वदेशी लघुवित्तका सेयरधनीले ६.०४ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स, ङादी ग्रुप पावर, गुहेश्वरी फाइनान्स, कामना सेवा विकास बैंक, जानकी फाइनान्स, सिटि एक्सप्रेस फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रो र हाथवे फाइनान्सका सेयरधनीले ६.१५, ५.८२ र ५.३३ प्रतिशतका दरले गुमाएका छन् । पूर्णिमा विकास बैंक, महुली सामुदायिक लघुवित्त, वल्र्ड मर्चेन्ट बैंकिङ, रिडी हाइड्रो, हिमालयन डिस्टीलरी, नेशनल माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]