April 24th, 2018

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पायो बोनस सेयर बाँड्ने अनुमति 

बुटवल—८, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडले गत आ.ब.को खुद  मुनाफा तथा सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले हाल कायम चुक्तापुँजीको ८.६१ प्रतिशतले हुन आउने चार करोड १७ लाख ४६ हजार एक सय २० रुपैयाँको बोनस सेयर र कर प्रयोजनाका लागि ०.४५ प्रतिशतले  हुने २६ लाख ९७ हजार एक सय ८४ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने अनुमति पाएको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण गरिनेछ ।

बैंकको आ. ब. २०७२/०७३ मा कायम चुक्ता पूँजी रु. २० करोड ७० लाख ६४ हजार आठ सयबाट गत आ. ब. मा हकप्रद सेयर निष्काशन गरी रु. ४८ करोड ४६ लाख ४८ हजार सात सय ८० रुपैयाँ पुर्याएको छ । प्रस्तावित बोनस सेयर बितरणपछि चुक्ता पूँजी रु. ५२ करोड ६३ लाख ९४ हजार नौ सय पुग्ने बैंकले जनाएको छ ।

रुपन्देही, नवलपरासी, नवलपुर र चितवनमा १६ वटा शाखा विस्तार गरी निशुल्क एविविएस, ए.टि.एम., सेवा, सन्ध्याकालिन, सेफ डिपोजित लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ, सि—आश्वा, आइ. पि. एस. र ३६५ दिने बैकिङ्घ सेवा लगायत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको निक्षेप २ अर्ब २ करोड, कर्जा लगानी १ अर्ब ९२ करोड रहेको छ भने शीघ्र संचालनमा रहेको शाखा कार्यालय कालिकानगरको संचालनसँगै बैंकको शाखा सँख्या १७ पुग्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]