March 20th, 2018

सेयर बजारमा १५ अंकको गिरावट, २० कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । मंगलबार सेयर बजार १५.०५ अंकले घटेर १२५५.४७ अंकमा कायम भएको छ । होटल समूह १७.७९ अंकले बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ९.७९, १५.२३, २०.४५, ८.९७, १५२.१८, ४३.५७, ७.०८ र २०.३६ अंकले घटेका छन् । 

दिनभरिमा १५९ वटा कम्पनीको नौ लाख ६२ हजार नौ सय ५२ कित्ता सेयर चार हजार नौ सय ४१ पटक खरिदविक्री हुँदा ३२ करोड ८९ लाख १६ हजार चार सय ३९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको दुई करोड तथा एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र गोर्खाज फाइनान्स प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, एभरेष्ट बैंक, नागरिक लगानी कोष र नेपाल बैंकको क्रमशः ९३ लाख ९४ हजार, ९३ लाख, ७४ लाख र ६९ लाख रुपैयाँको कारोबार भएको छ । 

जम्मा २० वटा कम्पनीका सेयरधनीले कमाएका छन् । स्वदेशी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.९२ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रिजेन्सी, विजय लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, सिद्धार्थ इक्विटी फण्ड, नेरुडे लघुवित्त, अपि पावर कम्पनी, सोल्टी होटल, लक्ष्मी लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले छ तथा सिन्धु विकास बैंक, गुडविल फाइनान्स र अरुण भ्याली हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । सूर्योदय लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, पूर्णिमा विकास बैंक, नागरिक लगानी कोष, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]