March 7th, 2018

निर्धन उत्थान बैंकका ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम 

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ फाल्गुण २२ देखि २४ गतेसम्म दाङ जिल्लाको सिसहनियाँमा “ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम” संचालन गरेको छ । उक्त तालिममा दाङ जिल्लाको सिसहनियाँ र गढवा शाखाहरुका २१ जना ग्राहक सदस्यहरु सहभागितामा उन्नत बाख्रापालन तालिम संचालन गरेको बैंकका कोहलपुर क्षेत्रीय कार्यालयका प्रमुख शम्भु न्यौपानेले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु मगंल प्रसाद चौधरी, कृष्ण विष्ट रहेका छन् । 

क्षेत्रीय प्रमुख न्यौपानेले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनुका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका कोहलपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख न्यौपानेले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको सिसहनियाँ शाखा कार्यालयका प्रमुख रामउग्रह चौधरीले प्रकाश पारेका थिए ।

बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाखा्रपालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आर्द्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भूँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदा बारे जानकारी, थारा, ब्याउने बाख्रा, पाठा र पाठी र ब्याएको माउको हेरचाह, खोर, दानापानी दिने भाँडाहरुको सरसफाईको साथै खसी पार्ने उमेर र तरिकाहरु बारे आवश्यक जानकारी, रोग तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा पिपिआर रोग, बाख्रामा लाग्ने टिम्पेनी, छेरौटी रोग, बाखाको छ मासे रोग, खोरेत रोग, रेविज रोगको लक्षण, उपचार तथा रोकथामका उपाय बारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रणको साथै खोप कार्यक्रमबारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास बाख्रापालन ब्यवसायको बजार ब्यवस्थापन, बाख्रापालनको स्कीम, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, निर्धन उत्थान बैंकका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने सिसहनियाँ शाखाका शाखा प्रमुख रामउग्रह चौधरीले बताएका थिए । 

यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पुर्याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यस बैंकले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ । 

बैंकले २०७४ माघ मसान्तसम्ममा ३,०५,६८६ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७४ माघ मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१३ अरब ९१ करोड रहेको छ भने ग्राहक सदस्यहरुका रु.७ अरब ४६ करोड बचत परिचालन गरेको छ । 

यस उन्नत बाख्रापालन तालिम फाईदाजनक रहेको ग्राहक सदस्यहरुले बताएका थिए । यस तालिममा बाख्रापालन गरेका बैंकका ग्राहक सदस्यहरुलाई सहभागी गराईएको तथा भोलिका दिनहरुमा सहभागीहरुले ब्यवसायिक रुपमा बाख्रापालन गर्न यस तालिमले सघाउ पुग्ने अपेक्षा रहेको बैंकका क्षेत्रीय प्रमुख न्यौपानेले जानकारी गराउनु भएको थियो । तालिमको संचालन शाखा प्रमुख श्री रामउग्रह चौधरीले गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]