May 10th, 2016

सूर्या, हिमालयन, सिद्धार्थ र नेशनल लाइफ इन्स्योरेन्समा कसको नाफा कति ?

economicसुर्या लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ५३.३३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ९ महिनामा १ करोड ५५ लाख नाफा कमाएको कम्पनिले चालु आर्थिक वर्षको सोही अवधिमा ६९ लाख रुपैयाँ मात्र नाफा कमाएको हो । जगेडाकोषमा १४ करोड १६ लाख रुपैयाँ र जीवन बीमा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ राखेको कम्पनीको आम्दानी ६४ प्रतिशत बढेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ भने खर्च साढे ३ गुणाले बढेर ३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा खुद बीमा शुल्क ५७ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ भने ३ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । २ लाख ५७ हजार ६ सय ९९ वटा बीमालेख जारी गरेको कम्पनीले यस अबधिमा ३ सय ३० वटा दाबी भुक्तानी गरेको हो । प्रति शेयर आम्दानी २.११ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ४१५.३४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३०.५८ रुपैयाँ रहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफा १५ दशमलब ८७ प्रतिशतले बढाएको छ । गत वर्षको नौ महिनामा ६ करोड ३४ लाख खुद मुनाफा कमाएको कम्पनिले चालू आवको सोही अवधिमा ७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको हो । कम्पनिकोजगेडा कोषमा १५ करोड ३६ लाख रुपैयाँ र बीमा कोषमा २३ करोड १ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी १५.३८ प्रतिशतले बढेर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ भने खर्च १४.६३ प्रतिशतले बढेर ४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बीमा शुल्कवापत १६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ भने ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । १५ हजार ९२ वटा विमालेख जारी गरेको कम्पनिले ७ हजार ४० वटा दाबी भुक्तानी गरेको हो । कम्पनिको प्रति शेयर आम्दानी २७.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.१७ गुणा, प्रति शेयर नेटवर्थ २४३.४७ रुपैयाँ र  प्रति शेयर कुल सम्पतिको मूल्य ३६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफा ४४.५७ प्रतिशतले बढाएर १२ करोड ७ लाख रुपैयाँ कमाएको छ । कम्पनीले जगेडकोषमा २३ करोड १३ लाख रुपैयाँ र बीमाकोषमा २७ करोड ८ लाख रुपैयाँ राखेको छ । आम्दानीमा ४४.५२ प्रतिशतले वृद्धि गरी १९ करोड पुर्याएको छ भने खर्च ४२.५९ प्रतिशतले बढाएर ७ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले बीमा शुल्कवापत ४४ करोड १६ लाख रुपैयाँ उठाएको छ भने १६ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । सो अवधिमा कम्पनिले ७२ हजार ८ सय ५० वटा विमा लेख जारी गरेको छ भने ३ हजार १ सय ६० वटा दाबी भुक्तान गरेको छ । 

त्यसैगरी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा ११ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ जुन गत वर्षको तुलनाभन्दा ४.८३ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ४२ लाख रुपैयाँ कमाएको थियो । जगेडाकोषमा ४२ करोड ८ लाख रुपैयाँ र जीवन बीमा कोषमा १३ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ राखेको कम्पनीको आम्दानी ४.३४ प्रतिशतले घटेर १५ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने खर्च २.७७ प्रतिशतले घटेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बीमाशुल्कवापत कम्पनिले २ अर्ब २२ करोड ७८ लाख रुपैयाँ रहेको उठाएको छ भने ६४ करोड ४२ लाख रुपैयाँको दाबी भुक्तान गरेको छ । ३ लाख ४१ हजार ९ सय ५६ वटा विमा लेख जारी गरेको कम्पनिले सो अवधिमा ७ हजार २ सय ७६ वटा दाबी भुक्तान गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी १५.५३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७२.६२ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ४६.०९ रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]