January 12th, 2018

चार दिनमा १६ अंकले बढ्यो सेयर बजार, कारोबार एक अर्ब ७० करोड

बैंकिङ खबर । यो साता चार दिन सेयर कारोबार भयो । जसमध्ये, ३ दिन बजार उकालो लाग्यो भने अन्तिम दिन घटेर बन्द भयो । गत साताको अन्तिम दिन १४२३.८३ अंकमा बन्द भएको बजार आइतबार, सोमबार र मंगलबार क्रमशः ७.९७, १२ र १२.२७ अंकले बढी बुधबार १५.७८ अंकले घटेर १४४०.२९ अंकमा बन्द भएको छ । यसरी हेर्दा, यो साता सेयर बजार १६.४६ अंकले बढेको देखिन्छ । 

कारोबार रकममा भने यो साता खासै उत्साह देखिएन । आइतबार ३६ करोडको कारोबार भएको बजारमा सोमबार ४६ करोड, मंगलबार ५० करोड र बुधबार ३७ करोडको कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब ७० करोड २९ लाख ३१ हजार तीन सय ६८ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनबि बैंक लगायतको धेरै कारोबार भएको छ । मल्टिपर्पोज फाइनान्स, बेष्ट फाइनान्स लगायतका सेयरधनीले कमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]