January 3rd, 2018

बीमा शिक्षामा अघि सर्यो ज्योति लाईफ इन्स्योरेन्स, राजेश हमाल बने सद्भावना दुत

“सधै तपाईंको साथ” भन्ने मुलनाराका साथ अघि सरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक सद्भावना दुतका रुपमा नायक राजेश हमाललाई  आबद्ध गराएको छ । आगामि २ वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीका संचालकद्वय नन्दकिशोर शर्मा र आकाशगोल्छा सहितको समुपस्थितिमा उक्त सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री र राजेश हमालले हस्ताक्षर गरेकबा छन् । नेपालको १२ औं जीबन बीमा कम्पनीको रुपमा २०७४ आश्विन ८ गतेबाट औपचारिक व्यवसाय शुरुवात गरेको ज्योति लाईफ इन्स्योरेन्सले स्थापनाको छोटो अवधिमा २७ वटा शाखा संजाल विस्तार गरेको छ । जीवन बीमा सम्बन्धि जनचेतना फैलाउन यस कार्यले सहयोग पुग्ने अपेक्षा गरिएको छ । मुलुकमा जीवन बीमाको संख्यासँगै बिस्तारै बीमा शिक्षा पनि अघि बढ्न थालेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]