December 26th, 2017

२० अंकले घट्यो सेयर बजार, १३ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । मंगलबार सेयर बजार २०.६४ अंकले घटेर १४४७.०४ अंकमा कायम भएको छ । अन्यबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १३८.८१ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त क्रमशः २८.२१, ४.७३, २३.४४, ३६.९१, ३६.६२, १६.१६, ३०.५९ र ३२.६७ अंकले घटेका छन् । अन्य समूह ६.९४ अंकले बढेको छ । 

दिनभरिमा १५९ वटा कम्पनीको १० लाख ३८ हजार दुई सय ९८ कित्ता सेयर छ हजार दुई सय पाँच पटक खरिदविक्री हुँदा ५४ करोड दुई लाख ९१ हजार एक सय ४४ रुपैयाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको आठ करोड र नेपाल टेलिकमको छ करोड ९३ लाख तथा एभरेष्ट बैंक र चिलिमे हाइड्रोको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, प्रभु बैंक, बुटवल पावर कम्पनी, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा १३ कम्पनीका सेयरधनीले कमाएका छन. । महुली सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल टेलिकम, छ्याङ्दी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, किसान माइक्रोफाइनान्स, नविल व्यालेन्स फण्ड, नयाँ नेपाल लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, प्राइम बैंक र एनएमबि हाइब्रिड फण्डका सेयरधनीले पनि कमाएका छन् । 

यता, प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले छ प्रतिशत तथा सांग्रिला डेभलपमिेन्ट बैंक, अरुण फाइनान्स र भार्गव विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मिथिला लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गण्डकी विकास बैंक, लुम्बिनी विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स लगयतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]