December 22nd, 2017

लिलामीमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर किन्ने अवसर !

बैंकिङ खबर । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबारदेखि पाँच लाख ९७ हजार तीन सय ४९ दशमलव ८० कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले गत असोज २६ देखि कात्तिक २९ गतेसम्म जारी गरेको १२० प्रतिशत हकप्रदमा अवितरित सर्वसाधारण समूहको ६७ हजार एक सय छ दशमलव ६४ कित्ता र संस्थापक समूहको पाँच लाख ३० हजार दुई सय ४३ दशमलव १६ कित्ता सेयर लिलाम बढाबढमा विक्री खुला गरेको हो । लिलामी पुस १६ गतेसम्म खुला रहनेछ । 

बैंकको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुंगा पोखरा तथा नेपाल कम्युनिटीको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट लिलामीमा आवेदन गर्न सकिनेछ । त्यस्तै इन्भेष्टमेन्ट बैंकका विराटनगर, वीरगञ्ज, सुर्खेत नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि बोलपत्र फारम प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । दुवै समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जानेगरि सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । संस्थापक सेयरमा साविकका संस्थापकहरुले मात्र आवेदन गर्न पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]