December 21st, 2017

प्रभु बैंकको ४० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले  हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । 

प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल प्रभु बैंकको चुक्तापुँजी पाँच अर्ब ८८ करोड १४ लाख २१ रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद जारी गरिसकेपछि बैंकको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]