December 21st, 2017

बोनस सेयर जारी गर्दै गुहेश्वरी फाइनान्स, चुक्तापुँजी ८० करोड पुग्ने

बैंकिङ खबर । गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडका सेयरधनीले १० करोड ९१ लाख २४ हजार नौ सय ३१ रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् । कम्पनीको बुधबार बसेको संचालक समितिको १८५औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

४९ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गुहेश्वरीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर ६९ करोड आठ लाख ७५ हजार ६८ रुपैयाँ पुर्याएको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी राष्ट्र बैंकको निर्देशनबमोजिम ८० करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]