May 6th, 2016

‘अन द स्पोट’ दुर्घटना विमा !

13152649_843717685772319_2080566988_nनेको इन्स्योरेन्स कम्पनिका ग्राहकहरुले दुर्घटना भएपश्चात् विमा दाबीको भुक्तानी लिन लामो समय कुर्नु नपर्ने भएको छ । नेको इन्स्योरेन्सले अबदेखि दुर्घटना भएको स्थानमै बिमाको दावी भुक्तानी गर्ने भएको हो । कम्पनीले ग्राहकहरुलाई कागजी झन्झटबाट पूर्ण मुक्त भई वीमा दावी सरल तरिकाले प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले स्पष्ट पेमेन्टको व्यवस्था समेत गरेको जनाएको छ ।

दुर्घटना स्थलमै भुक्तानी लिन ग्राहकले आफ्नो सम्पत्तीको क्षति हुना साथ नेको इन्सुरेन्सको नजिकको शाखा कार्यालय वा केन्द्रिय कार्यालयको दावी विभागमा जानकारी गराउनु पर्ने छ । त्यसपछि कम्पनीबाट तत्काल दुर्घटना स्थलमा कर्मचारी पुगेर भुक्तानी गर्ने कम्पनिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]