December 4th, 2017

स्वदेशी लघुवित्तका शाखा प्रमुखहरुलाई कर्जा जोखिम व्यवस्थापन तालिम

स्वदेशी लघुवित्त वित्तीय संस्थाले शाखा प्रमुखहरुका लागि दुई दिने कर्जा जोखिम व्यवस्थापन तालिम प्रदान गरेको छ । शनिबार र आइतबार कृषि विकास बैंकको तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा सम्पन्न तालिममा लघुवित्त तथा बैकिङ्ग सेवामा लामो समय अनुभव सम्हालेका व्यक्तिबाट तालिम प्रदान गरिएको थियो ।

हाल लघुवित्तमा देखिएका समस्याको उचित व्यवस्थापन गर्न समयमै शाखा प्रमुखहरुलाई सजग गराउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख पुन्य प्रसाद खनियाले जानकारी दिए ।

तालिममा भाखा नाघेको कर्जा असुली र कर्जाको भाखा नाघ्न नदिन गरिने क्रियाकलापको बारेमा विभिन्न विधिको प्रयोग गरि सहभागीहरुलाई तालिम तथा अभ्यास गराइएको थियो । कर्जाको भाखा किन नाघ्छ, यसमा जिम्मेवार को को हुन्छन् ? कर्जाको भाखा नाघ्दा संस्था र कर्मचारीलाई कस्तो असर पर्छ ? कर्जाको भाखा नाघ्न नदिन के कुरामा ध्यान दिर्नुपर्छ ? आदि विषयमा केश स्टडी, प्रयोगात्मक अभ्यास, सामुहिक छलफल जस्ता विधि प्रयोग गरी तालिम सञ्चालन गरिएको थियो । 

सहभागीहरुलाई तालिम प्रमाणपत्र वितरण पश्चात सहभागीले उठाएका जिज्ञाशाको उत्तर दिँदै संस्थाका सहायक महा–प्रबन्धक राजेन्द्र प्रसाद न्यौपानेले विगतमा आफुले गरेका गल्ती स्वीकार गर्दै उच्च आत्मवल र अठोटका साथ कार्य सुझाव र सल्लाह दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]