November 15th, 2017

एक अर्ब बढीको सानिमा इक्विटी फण्ड आउँदै

बैंकिङ खबर । सानिमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँको सानिमा इक्विटी फण्ड निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । धितोपत्र बोर्डले प्रतिकित्ता १० रुपैयाँका दरले १२ करोड इकाईको फण्ड निष्कासनका लागि अनुमति दिएको हो । 

यो बन्दमुखी योजनाको अवधि सात वर्षको हुन्छ । यो निष्काशनपछि नेपाल स्टक एक्सचेन्जमा १३औं सामूहिक योजना सूचीकृत हुनेछ । अहिले ११ वटा सामूहिक योजना सूचीकृत भइसकेका छन् भने सिद्धार्थ क्यापिटलको सूचीकृत हुन बाँकी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]