November 13th, 2017

प्राइम बैंकका सेयरधनीले कति पाउने भए बोनस सेयर ?

बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेडका सेयरधनीले २७ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको आइतबार बसेको संचालनक समितिको ३१९औँ बैठकले गत आर्थिक वर्षसम्ममा संचित मुनाफाबाट चुक्तापुँजीको २७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब तीन करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]