November 13th, 2017

१६ लघुवित्तको प्रथम त्रैमासिक रिपोर्ट : कुनको अवस्था कस्तो ?

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश लघुवित्तको मुनाफामा गिरावट आएको छ । वित्तीय विवरण सार्वजनिक गरेका १६ लघुवित्तमध्ये, सात वटाको नाफा घटेको छ भने एउटा लघुवित्त घाटामा रहेको छ । आठ वटा लघुवित्तले भने नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् । समग्रमा, १६ वटै लघुवित्तको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा छ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले मुनाफामा १० दशमलव २४ प्रतिशत वृद्धि हासिल गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा फरवार्डले छ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २० करोड रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले जगेडाकोषमा ६६ करोड ७६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४२ दशमलव १८ प्रतिशतले वृद्धि गरी दुई अर्ब ८३ करोड ८३ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा छ अर्ब २९ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद व्याज आम्दानी पाँच प्रतिशतले बढेर १५ करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० प्रतिशतले बढेर १० करोड ६५ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा ६९ लाख रुपैयाँ राखेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ४९ प्रतिशत रहेको छ भने १३ दशमलव ८८ प्रतिशत जोखिम युत्त सम्पत्ति रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३३ दशमलव ९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४३३ दशमलव ८१ र तरलता अनुपात १६ दशमलव ४९ प्रतिशत रहेको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव २४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल माइक्रोफाइनान्सले एक करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १२ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा १० करोड ५१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ९८ दशमल ५० प्रतिशतले वृद्धि गरी ४० करोड २ लाख रुपैयाँ संकलन गरेको कम्पनीले कर्जामा ७४ दशमलव ४० प्रतिशतले वृद्धि गरी एक अर्ब ६८ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी ३० प्रतिशतले बढेर तीन करोड ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सात दशमलव १४ प्रतिशतले बढेर तीन करोड नौ लाख रुपैयाँ पुगेको छ । नेशनल माइक्रोफाइनान्सको जोखिमयुक्त सम्पत्ति १३ दशमलव २६ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६५ दशमलव ७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ८७ दशमलव ६१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४२ दशमलव ६५ गुणा र तरलता अनुपात २६ दशमलव १८ प्रतिशत रहेको छ ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ६५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबिले ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १४ करोड रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा आठ करोड ५० लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९७ दशमलव ४२ प्रतिशतले वृद्धि गरेर ४६ करोड तीन लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा एक अर्ब ९५ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ३६ दशमलव ६६ प्रतिशतले बढेर चार करोड १९ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा एक करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रोभिजनमा ६७ लाख रुपैयाँ राखेको एनएमबि माइक्रोफाइनान्सको जोखिमयुक्त सम्पति ११ दशमलव ४३ प्रतिशत, निष्कृय कर्जा ११ दशमलव ४३ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २५ दशमलव १४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १११ दशलमव ३७ गुणा (वार्षिक), प्रतिसेयर नेटवर्थ एक सय ६० दशमलव ४० रुपैयाँ र तरलता अनुपात १७ दशमल २२ प्रतिशत रहेको छ ।

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड
स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ०२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्वरोजगारले ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १० करोड ४९ लाख रुपैयाँ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ६४ दशमलव १९ प्रतिशतले वृद्धि गरी ५३ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ एक सय एक दशमलव ४८ प्रतिशतले वृद्धि गरी एक अर्ब ४९ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५२ दशमलव ९४ प्रतिशतले बढेर दुई करोड ६९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ दशमलव २२ प्रतिशतले बढेर एक करोड १८ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १९ लाख रुपैयाँ छुटाएको बैंकको प्रतिसेयर आम्दानी वार्षिक २८ दशमलव ७२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ६४ दशमलव ५८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ७० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११ दशमलव २७ प्रतिशत रहेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तीन महिनामा ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव ९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा वोमीले ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ करोड ४८ लाख रुपैयँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा तीन करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ८९ दशमलव ८७ प्रतिशतले वृद्धि गरी ३० करोड ४ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा ८३ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी २३ दशमलव ०७ प्रतिशतले बढेर एक करोड ६३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ८३ दशमलव ३३ प्रतिशतले बढेर एक करोड १४ लाख रुपैयाँ पुगेको छ । वोमी माइक्रोफाइनान्सले १२ लाख रुपैयाँ प्रोभिजन राखेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४५ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४२ दशमलव ९९ गुणा, तरलता अनुपात २९ दशमलव २९ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ७१ दशमलव ३० रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १३ दशमलव ९१ प्रतिशत रहेको छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशलमव ३२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा आरएसडीसीले ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ११ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा तीन करोड ८३ लाख रुपैयाँ राखेको छ भने कर्जामा ५६ दशमलव १९ प्रतिशतले वृद्धि गरी एक अर्ब १७ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी ३७ दशमलव पाँच प्रतिशतले बढेर एक करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २८ दशमलव ९५ प्रतिशतले बढेर ८९ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा २८ लाख रुपैयाँ राखेको आरएसडिसी लघुवित्तको निष्कृय कर्जा शुन्य, जोखिमयुक्त सम्पत्ति १६ दशमलव ४५ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी १९ दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६४ दशमलव ७३ गुणा र तरलता अनुपात तीन दशमलव २१ प्रतिशत रहेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेड
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ दशमलव ०८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जनउत्थानले २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । दुई करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा तीन करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १५ करोड ८७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६६ करोड २८ लाख रुपैयाँ लगानी गरेका छ । बैंकको खुद व्याज आम्दानी २० प्रतिशतले बढेर एक करोड २६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७४ दशमलव ८६ प्रतिशतले बढेर ५६ लाख रुपैयाँ पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक ५१ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दाानीको अनुपात ५९ दशमलव ३२ गुणा, प्रतिसेयर नेटवर्थ २१३ दशमलव ५६ रुपैयाँ, तरलता अनुपात १३ दशमलव ३६ प्रतिशत, निष्कृय कर्जा १ दशमलव १४ प्रतिशत र पूँजीकोष अनुपात ९ दशमलव ५६ प्रतिशत रहेको छ ।

मिथिला लघुवित्त विकास बैंक लिमिटेड
मिथिला लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मिथिलाले नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा ७४ दशमलव ३२ प्रतिशतले वृद्धि गरी १२ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ४९ दशमलव ८४ प्रतिशतले वृद्धि गरी ४७ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २२ दशमलव २२ प्रतिशतले बढेर एक करोड ११ लाख रुपैयाँ पुगेको भने संचालन मुनाफा ४५ दशमलव ४८ प्रतिशतले बढेर २२ लाख रुपैयाँ पुगेको छ । मिथिला लघुवित्तको निष्कृय कर्जा तीन दशमलव ३५ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १० दशमलव १८ प्रतिशत, प्रतिसेयर आम्दानी १० दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात एक सय १६ दशमलव ७० गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३९ दशमलव ३६ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ६९ प्रतिशत रहेको छ ।

सात माइक्रोफाइनान्सको मुनाफामा गिरावट 
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सात वटा माइक्रोफाइनान्सको मुनाफामा गिरावट आएको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव २४ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेरो माइक्रोफाइनान्सले दुई करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा आठ करोड २८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ८७ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ५५ करोड २९ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा ६२ दशमलव ७९ प्रतिशतले वृद्धि गरी दुई अर्ब ५६ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद व्याज आम्दानी छ दशमलव १२ प्रतिशतले बढेर पाँच करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव १२ प्रतिशतले घटेर दुई करोड ९४ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १९ लाख रुपैयाँ राखेको मेरो माइक्रोफाइनान्सको निष्कृय कर्जा एक दशमलव ३१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १३ दशलमव ४१ प्रतिशत रहेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी वार्षिक २६ दशमलव ६० रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ६१ दशमलव ६५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात १० दशमलव ३६ प्रतिशत रहेको छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको तुलनाभन्दा शुन्य दशमलव ११ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा विजय लघुवित्तले ७५ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १६ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा चार करोड ८६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १४२ दशमलव १० प्रतिशतले वृद्धि गरी १८ करोड ४३ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा ८० प्रतिशतले वृद्धि गरी ९६ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी ३१ दशमलव ३५ प्रतिशतले बढेर दुई करोड ३१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पाँच प्रतिशतले बढेर ८४ लाख रुपैयाँ रहेको छ । प्रोभिजनमा ३५ लाख रुपैयाँ राखेको विजय लघुवित्तको निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति २० दशमलव ७९ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी वार्षिक १८ दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ५४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव २४ रुपैयाँ र तरलता अनुपात १० दशमलव ६९ प्रतिशत रहेको छ ।

नेरुडे लघुवित्त विकास बैंक लिमिटेड
नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० दशमलव ९६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे लघुवित्तले एक करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले निक्षेपमा एक अर्ब २० करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा तीन अर्ब २३ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी तीन दशमलव ११ प्रतिशत बढेर सात करोड ४५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७० दशमलव ९६ प्रतिशतले घटेर ६४ लाख रुपैयाँ पुगेको छ । एक करोड चार लाख रुपैयाँ प्रोभिजन राखेको बैंकको प्रतिसेयर आम्दानी एक दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात आठ सय ७९ दशमलव ८७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ९४ दशमलव ३३ रुपैयाँ, तरलता अनुपात १९ दशमलव ५१ प्रतिशत, निष्कृय कर्जा एक दशमलव ०६ प्रतिशत र जोखिम युत्त सम्पत्ति १३ दशमलव २९ प्रतिशत रहेको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ५६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यादय लघुवित्तले ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले जगेडाकोषमा तीन करोड ८१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ७९ दशमलव ७४ प्रतिशतले वृद्धि गरी २८ करोड ४२ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा ६६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी १० दशमलव ४३ प्रतिशतले घटेर एक करोड ४७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २८ दशमलव ५६ प्रतिशतले बढेर ७५ लाख रुपैयाँ पुगेको छ । सूर्योदय लघुवित्तको पूँजीकोष अनुपात ११ दशमलव ३८ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८९ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ४० दशमलव ११ रुपैयाँ, मुल्य आम्दानी अनुपात २३ दशमलव ६६ गुणा, प्रतिसेयर नेटवर्थ १८० दशमलव ०९ रुपैयाँ र तरलता अनुपात सात दशमलव ०१ प्रतिशत रहेको छ ।

नागबेली लघुवित्त विकास बैंक लिमिटेड
नागबेली लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० दशमलव ८७ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नागबेलीले ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा छ करोड ६३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ करोड ६९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १४ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ६२ करोड चार लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३३ दशमलव ३३ प्रतिशतले बढेर एक करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७० दशमलव ८६ प्रतिशतले घटेर ४० लाख रुपैयाँ पुगेको छ । नागबेली लघुवित्तको निष्कृय कर्जा तीन दशमलव २९ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव ४० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक १९ दशमलव ३९ प्रतिशत, मुल्य आम्दानीको अनुपात एक सय ९४ दशमलव ६४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव ५५ रुपैयाँ र तरलता अनुपात ३८ दशमलव ७६ प्रतिशत रहेको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
समता माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ दशमलव ०२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा समताले ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । तीन करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएको समता माईक्रोफाइनान्सले जगेडाकोषमा तीन करोड १९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९७ दशमलव ५ प्रतिशतले वृद्धि गरी १५ करोड ८७ लाख रुपैयाँ संकलन गरेको कम्पनीले कर्जामा ४२ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । माइक्रोफाइनान्सको खुद व्याज आम्दानी पाँच दशमलव ३२ प्रतिशतले बढेर ८३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५९ दशमलव १४ प्रतिशतले घटेर २० लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा ११ लाख रुपैयाँ राखेको समता माईक्रोफाइनान्सकोे निष्कृय कर्जा शुन्य दशमलव ७० प्रतिशत, पूँजीकोष अनुपात १४ दशमलव ८० प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २८ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ २ सय दशमलव ९७ रुपैयाँ र तरलता अनुपात नौ दशमलव ७३ प्रतिशत रहेको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव १६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल सेवाले आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । तीन करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले जगेडाकोषमा १२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ३३ प्रतिशत वृद्धि गरी दुई करोड ८७ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा ६२ दशमलव ८७ प्रतिशतले वृद्धि गरी २१ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ८६ दशमलव ९८ प्रतिशतले बढेर ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन १९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । नेपाल सेवा लघुवित्तको निष्कृय कर्जा एक दशमलव ४४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १७ दशमलव ३१ प्रतिशत रहेको छ ।

सपोर्ट माइक्रोफाइनान्स घाटामा
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड २१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जबकी गत वर्षको सोहि अवधिमा कम्पनीले चार लाख रुपैयाँ नाफामा रहेको थियो । चार करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको सपोर्ट माइक्रोफाइनान्सले कर्जामा २९ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी छ दशमलव ३६ प्रतिशतले बढेर ४८ लाख रुपैयाँ पुगेको छ भने संचालन २९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । प्रोभिजनमा ३८ लाख रुपैयाँ राखेको सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा तीन दशमलव ८६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १४ दशमलव ७९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]