November 12th, 2017

लामो समयपछि सेयर बजारमा हरियाली

बैंकिङ खबर । लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से १६.४१ अंकले बढेर १४७७.१४ अंकमा पुगेको छ । व्यापार समूह ३.१३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र माइक्रोफाइनान्स क्रमशः १५.६६, ४.५२, २३.६१, ३१.६७, २.८२, ११८.७१, ५.२१ र १.२८ अंकले बढेका छन् । 

कारोबार रकममा भने गिरावट आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको ११ लाख १४ हजार ८७ कित्ता सेयर चार हजार तीन सय २५ पटक खरिदविक्री हुँदा ३९ करोड ७१ लाख ६८ हजार छ सय ११ रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू प्रोमोटर, प्रभु बैंक प्रोमोटर र स्टान्डर्ड चार्टर्ड बैंकको दुई करोड तथा एनबि बैंक, शिखर इन्स्योरेन्स, नविल बैंक चिलिमे हाइड्रो र बैंक अफ काठमाण्डूको एक करोडमाथिको कारोबार भएको छ । प्राइम बैंकको ८९ लाखको सेयर कारोबार भएको छ । 

सहयोगी विकास बैंक, बेष्ट फाइनान्स र एनबि इन्स्योरेन्सका सेयरधनीले क्रमशः ७.२७, ६.२५ र ५.४८ प्रतिशतका दरले कमाएका छन् । ललितपूर फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, अपि पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, विजय लघुवित्तका सेयरधनीले ६.००९४ प्रतिशतका दरले गुमाएका छन् । मिथिला लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, कालिका माइक्रोक्रेडिट, मिर्मिरे माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, देवः विकास बैंक, एनएमबि माइक्रोफाइनान्स, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]