November 9th, 2017

मुक्तिनाथ विकास बैंकको सेयर लिलामीमा आउँदै, उपत्यकाबाहिरबाट पनि भर्न मिल्ने

मुक्तिनाथ विकास बैंक लिमिटेडले एक लाख ६२ हजार आठ सय तीन कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बोलकबोल प्रकृयामा लगानीकर्ताले कार्तिक २३ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

मुक्तिनाथ विकास बैकले गत भदौ चार गतेदेखि असोज ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री नभएको २७ हजार सात सय ६५ कित्ता संस्थापक र एक लाख ३५ हजार ३७ कित्ता साधारण हकप्रद सेयर बोलकबोलका आधारमा विक्री गर्न लागेको हो । 

मुक्तिनाथको लिलामीको सेयरमा एनआईबिएल क्यापिटलको केन्द्रीय कार्यालय र मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालय पोखरा, बिरगंज, बुटवलका तथा नेपाल इनभेष्टमेन्ट बैंकको शाखा कार्यालय बिराटनगर, नेपालगञ्ज र धनगढीमा शिलबन्दी बोलपत्र आवेदन दिन सकिने एनआईबिएल क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डको निर्देशन कार्यान्वयनमा आएसँगै मुक्तिनाथले पहिलो पटक उपत्यका बाहिरबाट सेयर लिलामी  लिन लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]