October 18th, 2017

नविकरण शूल्क नबुझाउने ४० कम्पनीको सेयर कारोबार रोक्का

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत ४० वटा कम्पनीको कारोबार रोक्का गरिएको छ । समयमा बार्षिक नबिकरण शुल्क नबुझाएका कारण यी कम्पनीहरुको कारोबार रोक्का गरिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
 
कारोबार रोक्का गरिएका ४० कम्पनीमध्ये, १९ वटा कम्पनी लामो समयदेखि निष्कृय रहेका थिए । बाँकी १६ कम्पनीको भने मंगलबारसम्म नियमित कारोबार भइरहेको थियो । नविकरण शुल्क बुझाए लगत्तै उनीहरुको सेयर कारोबार खुल्ने नेप्सेले बताएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]