October 8th, 2017

कन्काई विकास बैंकको साढे पाँच लाख कित्ता सेयर लिलामीमा

कन्काई विकास बैंक सिलमिटेडले असोज ३१ गतेदेखि पाँच लाख ४९ हजार नौ सय ३७ कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले गत साउन ९ गतेदेखि भदौ ११ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने क्रममा नबिकेको संस्थापक तर्फको तीन लाख ८१ हजार छ सय ५० कित्ता र सर्वसाधारण तर्फको एक लाख ६८ हजार दुई सय ८७ कित्ता सेयर बोलकबोलमार्फत विक्री गर्न लागेको हो । 

कन्काईले न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकेको छ । जसअनुसार,सोभन्दा बढीको मूल्य अङ्कित गरि बोलकबोल गर्नुपर्ने जानकारी गराएको छ । आवेदकहरुले सेयर खरीद गर्दा न्यूनतम सय कित्ता र अधिकतम सम्पूर्ण सेयरको लागि आवेदन दिन सक्ने रहेको छ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लिलाम सेयरमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले प्राप्त बोलपत्र कात्तिक १२ गते खोल्ने जानकारी दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]