September 20th, 2017

बुधबार पनि सेयर बजारमा गिरावट, आधा अर्बको कारोबार

बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । व्यापार, फाइनान्स र अन्यबाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से परिसूचक ३.८९ अंकको गिरावटसँगै १५३९.८१ अंकमा कायम भएको छ । सबैभन्दा धेरै बीमा समूह २१.१२ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक र जलविद्युत् क्रमशः ५.७२, ७.४९, ६.८४ र ४.०५ अंकले घटेका छन् । व्यापार, फाइनान्स र अन्य समूह भने क्रमशः २२.८, १.१५ र ६.३६ अंकले बढेका छन् । 

सोमबारेका तुलनामा वृद्धि भएपछि सन्तोषजनक कारोबार भएको छैन । दिनभरिमा १५८ वटा कम्पनीको १० लाख १७ हजार पाँच सय ५८ कित्ता सेयर पाँच हजार ३८ पटक खरिदविक्री हुँदा ५४ करोड २४ लाख ४४ हजार सात सय ९० रुपैयाँको कारोबार भएको छ । 

नेपाल लाइफ प्रोमोटरको ११ करोड रुपैयाँको कारोबार हुँदा सानिमा बैंकको चार करोड र एभरेष्ट बैंकको पौने तीन करोड रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, विशाल बजार, नेपाल लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, प्राइम बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

विशाल बजारका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा पूर्णिमा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सिनर्जी पावरका सेयरधनीले क्रमशः ५.७४, ५.०६ र ५ प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जनरल फाइनान्स, बरुण हाइड्रो, अरुण फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कुबेर मर्चेन्ट बैंकिङका सेयरधनीले ८.८१ प्रतिशतका दरले गुमाएका छन् । स्वरोजगार लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, मिसन डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, एनआईबिएल समृद्धि फण्ड, अपि पावर कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]