September 11th, 2017

सामान्य अंकले बढ्यो सेयर बजार, ८४ करोडको कारोबार

सोमबार सेयर बजार ३.६० अंकले बढेर १५२३.२६ अंकमा पुगेको छ । बैंकिङ, फाइनान्स र अन्यबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ८१.२५ अंकले बढेको छ । होटल, विकास बैंक, जलविद्युत् र उत्पादनमूलक क्रमशः ३५.५६, ११.०८, ६.३८ र ३०.६९ अंकले बढेका छन् । बैंकिङ, फाइनान्स र अन्य भने क्रमशः १.३९, ०.६४ र १.१६ अंकले घटेका छन् । 

परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । दिनभरिमा १६० वटा कम्पनीको १७ लाख १७ हजार एक सय ३९ कित्ता सेयर सात हजार सात सय ७७ पटक खरिदविक्री हुँदा ८४ करोड १३ लाख ३४ हजार तीन सय ८९ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, नविल बैंकको साधारण १० करोड २८ लाख र प्रोमोटर छ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको साढे चार करोड, तथा कुमारी बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स र निर्धन उत्थान बैंकको तीन करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, नेपाल बंगलादेश बैंक, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले९.७९ प्रतिशतका दरले कमाउँदा सूयौदय लघुवित्त, अरुण फाइनान्स, हाम्रो विकास बैंक, हिमालयन डिस्टीलरी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सिभिल लघुवित्तका सेयरधनीले क्रमशः ७.९५, ६.७९, ६.७४, ५.८८, ५.८६ र ५.२७ प्रतिशतले कमाएका छन् । पूर्णिमा विकास बैंक, ङादी ग्रुप पावर, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, छ्याङ्दी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ६.२१ प्रतिशतले गुमाएका छन् । जनरल फाइनान्स, वोमी माइक्रोफाइनान्स, प्रोग्रसिभ फाइनान्स, कुमारी बैंक प्रोमोटर, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, आरएसडीसी लघुवित्त, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]