September 8th, 2017

अध्ययनले देखायो यस्तो : विदेशमा काम गरेर फर्केका ६८ प्रतिशत नेपाली बने स्वरोजगार

बिदेशमा काम गरेर फर्किएका ६८ प्रतिशत नेपाली स्वरोजगार बनेको एक अध्ययनले देखाएको छ । एकाउन्टविलिटी ल्यावले धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेमा गरेको सर्बेक्षणले यस्तो देखाएको हो । 

सर्वेक्षणमा सहभागी भएकामध्ये एकपटक विदेश गएर फर्केका ४४ प्रतिशत नेपालीले मात्रै फेरि बिदेश नजाने बताएका थिए । तीमध्ये, १५ प्रतिशतले नगदे बाली गर्न थालेको बताए । विदेशबाट फर्केकामध्ये ६ प्रतिशतले आफ्नै सहरमा रोजगारी पाएका छन् भने ९ प्रतिशतले नयाँ काम सुरु गरेको पाइएको छ । सर्बेक्षणमा सहभागीमध्ये २ प्रतिशतले बुढेसकाल लागेका कारण फेरि बिदेश नजाने बताएका थिए ।

फेरि विदेश जाने सोच बनाएका सहभागीमध्ये, १० प्रतिशत सहभागीले भूकम्पले आफ्नो आम्दानीको स्रोत गुमाइदिएको कारण फेरि बिदेश जानुपर्ने भएको बताएका थिए भने ८ प्रतिशत सहभागीले मुलुकको अवस्थाको कारण स्वदेशमा बस्न मन नलागेको बताए । त्यस्तै, ३२ प्रतिशतले नेपालमा जागिर नपाइने भएकोले बिदेश जानुको विकल्प नभएको बताए । ३१ प्रतिशतले विदेशमा धेरै कमाई हुने बताए । ८ प्रतिशत सहभागी अरुको लहलहैम लागे विदेश जाने योजना बनाएको पाइयो भने ६ प्रतिशत सहभागी सामाजिक दबाबको कारण फेरि विदेश जान लागेको पाइयो । ५ प्रतिशत सहभागीले विदेश जानुको विकल्प नै नभएको बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]