Saturday , September 23 2017

यस्तो छ, देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

August 22, 2017

(आर्थिक वर्ष २०७४ को वार्षिक तथ्याङ्कमा आधारित) 
समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य 
कुल गार्हस्थ्य उत्पादन 
१. केन्द्रीय तथ्याङ्क विभागको अनुमान अनुसार आर्थिक वर्ष २०७४ मा देशको यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (उत्पादकको मूल्यमा) अघिल्लो वर्षको ०.४ प्रतिशतको तुलनामा ७.५ प्रतिशत रहेको छ । त्यसैगरी, आधारभूत मूल्यमा यथार्थ कुल गार्हस्थ्य उत्पादन वृद्धिदर अघिल्लो वर्षको ०.०१ प्रतिशतको तुलनामा ६.९ प्रतिशत रहेको अनुमान छ । अनुकूल मौसमी वर्षा, उर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा सामन्यीकरण भएकोले गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको हो । उक्त ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०५०÷५१ देखिको उच्चत्तम वृद्धिदर हो । 
२. कृषि क्षेत्रको उत्पादन ५.३ प्रतिशत र गैर– कृषि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहेकोले उक्त ऐतिहासिक उच्च वृद्धिदर हासिल भएको हो । 
३. धानको उत्पादन २१.७ प्रतिशतले वृद्धि भएकोले कृषि क्षेत्रमा उक्त वृद्धिदर सम्भव भएको हो । 
४. समीक्षा वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत रह्यो । अघिल्लो वर्ष औद्योगिक क्षेत्रको उत्पादन ६.३ प्रतिशतले घटेको थियो । 
५. समीक्षा बर्षमा सेवा क्षेत्रको उत्पादन ६.९ प्रतिशतले बढेको अनुमान छ । अघिल्लो बर्ष यो क्षेत्र २.१ प्रतिशतले वृद्धि भएको थियो । पर्यटक आगमनमा वृद्धि र व्यापार एवम् संचार क्षेत्रको विस्तारका कारण सेवा क्षेत्रको वृद्धिदर बढेको हो । 

कुल राष्ट्रिय खर्चयोग्य आय, उपभोग, बचत तथा लगानी 
६. आर्थिक वर्ष २०७४ मा कुल राष्ट्रिय खर्चयोग्य आय १३.४ प्रतिशतले वृद्धि भएको अनुमान छ । अघिल्लो वर्ष यस्तो आय ६.५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ८९.७ प्रतिशत रह्यो । त्यस्तै समिक्षा अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पूँजी अनुपात ३३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात २८.८ प्रतिशत रहेको थियो । त्यसैगरी, समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा राष्ट्रिय बचतको अनुपात ४३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४० प्रतिशत रहेको थियो । 

मुद्रास्फीति र तलब तथा ज्यालादर उपभोक्ता मुद्रास्फीति 
७. आर्थिक वर्ष २०७४ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६१÷६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो । उक्त ४.५ प्रतिशतको उपभोक्ता मुद्रास्फीति दर आर्थिक वर्ष २०७४ को ७.५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ । नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति जारी गर्न शुरु गरेको आर्थिक वर्ष २०५९÷६० पछि आर्थिक वर्ष २०६०÷६१, २०६३÷६४ र २०७१÷७२ मा मात्र वास्तविक मुद्रास्फीति लक्ष्य भन्दा कम रहेको थियो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्षमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । 
८. २०७४ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । उक्त वार्षिक विन्दुगत मुद्रास्फीति २०६१ कार्तिक पछिको न्यूनतम हो । 
९. समीक्षा वर्षमा घ्यू तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायात लगायतका समूहको वार्षिक औसत मूल्यमा कमी आएकोले समग्र उपभोक्ता मुद्रास्फीति न्यून रहन गएको हो । 
१०. समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १.९ प्रतिशत र ६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा यी समूहहरुको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १०.९ प्रतिशत र ९.२ प्रतिशत रहेको थियो । घ्यू तथा तेलको मूल्यमा ६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ५.५ प्रतिशत र तरकारीको मूल्यमा २.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । 
११. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत, हिमालमा ४.१ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१२. आर्थिक वर्ष २०७४ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भारतमा ३.४ प्रतिशत र नेपालमा ४.५ प्रतिशत रहेकोले यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ९.९ प्रतिशत र ५.२ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
१३. आर्थिक वर्ष २०७४ मा वार्षिक औसत थोक मुद्रास्फीति २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो । कृषिजन्य वस्तुहरुको मूल्य वृद्धिमा उल्लेख्य कमी आएको तथा आयातित वस्तुहरुको मूल्यमा गिरावट आएकोले समग्र थोक मुद्रास्फीति घट्न गएको हो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१४. आर्थिक वर्ष २०७४ मा थोक तथा खुद्रा मूल्यको विपरित वार्षिक औसत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष उक्त सूचकाङ्क ५.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा तलब सूचकाङ्कको वृद्धिदर १८.७ प्रतिशत रहेको छ भने ज्यालादर सूचकाङ्कको वृद्धिदर १३.४ प्रतिशत रहेको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । 

बाह्य क्षेत्र वैदेशिक व्यापार 
१५. आर्थिक बर्ष २०७४ मा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु. ७३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१÷७२ को रु. ८५ अर्ब ३२ करोडको स्तरभन्दा न्यून नै छ । समीक्षा अवधिमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, ऊनी गलैचा, तयारी पोशाक, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो बर्ष ३.१ प्रतिशत रहेकोमा समीक्षा बर्षमा २.८ प्रतिशत रहेको छ । 
१६. समीक्षा वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर रु. ९९० अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४.४ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३८.१ प्रतिशत रहेको छ । 
१७. भन्सार नाकाका आधारमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, मेची भन्सार, कैलाली भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा वर्षमा भैरहवा भन्सार, विराटनगर भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१८. समीक्षा वर्ष कुल वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढी रु. ९१७ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २ प्रतिशतले बढेको थियो । समीक्षा वर्ष निर्यात–आयात अनुपात ७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्षको ३१.३ प्रतिशतबाट बढेर समीक्षा बर्षमा ३५.३ प्रतिशत पुगेको छ । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१९. आर्थिक वर्ष २०७४ मा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १०.४ प्रतिशत र आयात मूल्य सूचकाङ्क ०.१ प्रतिशतले बढेकाले व्यापारको सर्तमा ९.१ प्रतिशतले सुधार आएको छ । अघिल्लो वर्ष यस्तो सर्त २२.२ प्रतिशतले बढेको थियो । 

सेवा 
२०. समीक्षा वर्षमा कुल सेवा आय १४.३ प्रतिशत र कुल सेवा खर्च २०.८ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. २ अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो बचत रु. ९ अर्ब ८५ करोड पुगेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा वर्ष ४०.१ प्रतिशतले वृद्धि भई रु. ५८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय २१.८ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
२१. समीक्षा वर्षमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भई रु. ६९५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २६.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशतले वृद्धि भई रु. ८५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशतले बढेको थियो । 
२२. वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ मा गत वर्षको तुलनामा ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८.४ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ । 

चालू खाता एवम् शोधनान्तर 
२३. अघिल्लो बर्ष रु. १४० अर्ब ४२ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा वर्ष वस्तु आयात उच्च दरले बढेको कारण रु. १० अर्ब १३ करोडले घाटामा गएको छ । निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकोले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालू खाता समीक्षा वर्षमा घाटामा गएको हो । त्यसैगरी, अघिल्लो वर्ष रु. १८८ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा वर्षमा रु. ८२ अर्ब १५ करोडले बचतमा रहेको छ । 
२४. समीक्षा वर्षमा पूँजीगत ट्रान्सफर रु. १३ अर्ब ३६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १३ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर रु. १६ अर्ब ९९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ५ अर्ब ९२ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२५. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ३.९ प्रतिशतले वृद्धि भई २०७४ असार मसान्तमा रु. १०७९ अर्ब ५२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७४ असार मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु. ९२७ अर्ब २७ करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.३ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२६. आर्थिक वर्ष २०७४ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.२ महिनाको वस्तु आयात र ११.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७४ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.३ प्रतिशत र ४१.७ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

वैदेशिक सम्पत्ति तथा दायित्व स्थिति 
२७. २०७४ असार मसान्तमा मुलुककोवैदेशिक सम्पत्ति रु. ११०७ अर्ब ७९ करोड तथा दायित्व रु. ६६६ अर्ब ४१ करोड रहेको छ । फलस्वरुप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु. ४४१ अर्ब ३८ करोड रहेको छ । २०७३ असार मसान्तमा यस्तो रकम रु.४४३ अर्ब ५३ करोड रहेकोथियो । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२८. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७३ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४६.२५ रहेकोमा २०७४ असार मसान्तमा ३.५ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ४७.८९ कायम भएको छ । त्यसैगरी, २०७३ असार मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १३२७ रहेकोमा २०७४ असार मसान्तमा ७.३ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२३०.३० कायम भएकोछ । 

विनिमय दर 
२९. २०७३ असार मसान्तको तुलनामा २०७४ असार मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.२ प्रतिशतले अवमूल्यन भएको थियो । २०७४ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०२.८६ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो । 

सरकारी वित्त स्थिति
सरकारी राजस्व 
३०. आर्थिक वर्ष २०७४ मा नेपाल सरकारको राजस्व २६.४ प्रतिशतले वृद्धि भई रु. ६०९ अर्ब १७ करोड पुगेको छ । उक्त राजस्व बजेट लक्ष्य रु. ५६५ अर्ब ९० करोडको १०७.७ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष सरकारको राजस्व १८.८ प्रतिशतले वृद्धि भई रु. ४८१ अर्ब ९८ करोड पुगेको थियो । समीक्षा वर्षमा राजस्व÷कुल गार्हस्थ्य उत्पादन अनुपात २३.४ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२÷७३ मा यस्तो अनुपात २१.४ प्रतिशत रहेको थियो । 
३१. राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि कर राजस्व समीक्षा वर्षमा ३१ प्रतिशतले वृद्धि भई रु. १६० अर्ब ३२ करोड परिचालन भएको छ । अघिल्लो वर्ष सो राजस्व ८.९ प्रतिशतले वृद्धि भई रु. १२२ अर्ब ४१ करोड पुगेको थियो । 
३२. समीक्षा वर्षमा आयकर राजस्व २६.३ प्रतिशतले वृद्धि भई रु. १४८ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो राजस्व ३२.७ प्रतिशतले वृद्धि भई रु. ११७ अर्ब ४१ करोड पुगेको थियो । 
३३. समीक्षा वर्षमा भन्सार महसूलबाट प्राप्त हुने राजस्व ३७.८ प्रतिशतले वृद्धि भई रु. ११३ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष सो राजस्व १० प्रतिशतले वृद्धि भई रु. ८२ अर्ब १६ करोड रहेको थियो । 
३४. समीक्षा वर्षमा अन्तःशुल्क परिचालन २८.७ प्रतिशतले वृद्धि भई रु. ८४ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्ष अन्तःशुल्क २२.९ प्रतिशतले वृद्धि भई रु. ६५ अर्ब ७८ करोड पुगेको थियो । 
३५. समीक्षा वर्षकोकुल राजस्व परिचालनमा मूल्य अभिवृद्धि करको अंश सबैभन्दा बढी अर्थात्२६.३ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आयकर (२४.३ प्रतिशत), भन्सार महसूल (१८.६ प्रतिशत) र अन्तःशुल्क (१३.९ प्रतिशत) रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः २५.४ प्रतिशत, २४.४ प्रतिशत, १७ प्रतिशत र १३.६ प्रतिशत रहेका थिए । 
३६. समीक्षा वर्षमा गैर–कर राजस्व परिचालन १.४ प्रतिशतले वृद्धि भई रु. ६१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्ष गैर–कर राजस्व २२ प्रतिशतले वृद्धि भई रु. ६० अर्ब ८६ करोड पुगेको थियो । 
३७. समीक्षा वर्षमा कुल राजस्वमा कर राजस्वको अंश ८९.९ प्रतिशत र गैर–कर राजस्वको अंश १०.१ प्रतिशत रहेको छ । त्यस्तै, कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३४.६ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल राजस्वमा कर राजस्वको अंश ८७.४ प्रतिशत र गैर–कर राजस्वको अंश १२.६ प्रतिशत रहेको थियो भने कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३५.८ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६४.२ प्रतिशत रहेको थियो । 

सरकारी खर्च 
३८. आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ३६.५ प्रतिशतले वृद्धि भई रु. ७९३ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्ष कुल सरकारी खर्च १४.२ प्रतिशतले वृद्धि भई रु. ५८१ अर्ब ७० करोड पुगेको थियो। 
३९. आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित चालू खर्च ३७.६ प्रतिशतले वृद्धि भई रु. ५०१ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष चालूखर्च ८.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा चालूखर्च बजेट अनुमानको ८१.३ प्रतिशत भएको छ । 
४०. समीक्षा वर्षमा नगद प्रवाहमा आधारित पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा ६३.८ प्रतिशतले वृद्धि भई रु. १८९ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्ष पूँजीगत खर्च ४२.८ प्रतिशतले वृद्धि भएको थियो । पूँजीगत खर्च बजेट अनुमान रु. ३११ अर्ब ९५ करोडको ६०.७ प्रतिशत भएको छ । 
४१. आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित वित्तीय व्यवस्था अन्तर्गतको खर्च १.३ प्रतिशतले वृद्धि भई रु. १०२ अर्ब ८४ करोड पुगेको छ । उक्त रकम बजेट अनुमानको ८५.८ प्रतिशत हुन आउँछ । 

बजेट घाटा 
४२. आर्थिक वर्ष २०७४ मा नगद प्रवाहमा आधारित बजेट घाटा रु. १२५ अर्ब ६१ रहेको छ । आर्थिक वर्ष २०७२÷७३ मा यस्तो बजेट रु. ४९ अर्ब ८३ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७४ मा कुल गार्हस्थ्य उत्पादनसँग बजेट घाटाको अनुपात ४.८ प्रतिशत रहेकोछ । 

न्यून वित्त पूर्तिका स्रोतहरु 
४३. आर्थिक वर्ष २०७४ मा कुल आन्तरिक ऋण रु. ८८ अर्ब ३४ करोड परिचालन भएको छ । उक्त ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष रु. ८७ अर्ब ७७ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको थियो । 
४४. समीक्षा वर्षमा रु. ३८ अर्ब ७९ करोड आन्तरिक ऋणको भुक्तानी भएको छ भने समीक्षा वर्षको अन्त्यमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकसँग रु. १२७ अर्ब ६९ करोड नगद मौज्दात रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो बचत रु. ११५ अर्ब २ करोड रहेको थियो । 

सरकारी ऋण 
४५. आर्थिक वर्ष २०७४ को असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु. ४१३ अर्ब ६६ करोड रहेको छ । त्यसैगरी समीक्षा वर्षको अन्त्यमा नेपाल सरकारको कुल तिर्न बाँकी आन्तरिक ऋण अघिल्लो वर्षको रु. २३४ अर्ब १६ करोडबाट बढेर रु. २८३ अर्ब ७१ करोड पुगेको छ । दुबै जोड्दा नेपाल सरकारको तिर्न वाँकी कुल ऋण रु. ६९७ अर्ब ३७ करोड हुन आउछ । सरकारको कुल ऋण÷कुल गार्हस्थ्य उत्पादन अनुपात २०७४ मा २६.८ प्रतिशत छ भने कुल ऋण भुक्तानी÷राजस्व अनुपात १०.९ प्रतिशत छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 
४६. अघिल्लो वर्ष १९.५ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय आर्थिक वर्ष २०७४ मा १५.५ प्रतिशतले मात्र बढेको छ । उक्त १५.५ प्रतिशतको विस्तृत मुद्राप्रदाय वृद्धिदर १५.७ प्रतिशतको प्रचलित मूल्यमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरसँग निकै हदसम्म मिलेको देखिन्छ । 
४७. समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ८२ अर्ब १५ करोड (८.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति रु. १८८ अर्ब ९५ करोड (२५.३ प्रतिशत) ले बढेको थियो । 
४८. समीक्षा वर्षमा सञ्चित मुद्रा २०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा ४.६ प्रतिशतले बढेको थियो । 

कुल आन्तरिक कर्जा 
४९. आर्थिक वर्ष २०७४ मा कुल आन्तरिक कर्जा १९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १८.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी २३.२ प्रतिशतले बढेको थियो । 

निक्षेप संकलन 
५०. समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १९.४ प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.१ प्रतिशत, ४३.३ प्रतिशत र ३०.५ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
५१. समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २३.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५ प्रतिशतले बढेको छ भने विकास बैंक र वित्त कम्पनीहरुको क्रमशः १३.७ प्रतिशत र १३.३ प्रतिशतले घटेको छ । 
५२. समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा १४.३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १६.१ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २३.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २५.२ प्रतिशतले बढेको छ । 
५३. आर्थिक वर्ष २०७४ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ प्रतिशत र १५.२ प्रतिशत रहेको थियो । 
५४.  २०७४ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.५ प्रतिशत (रु. ४८ अर्ब ८८ करोड) छ । 
५५. समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ११.२ प्रतिशतले घटी रु. ६४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३१.८ प्रतिशतले बढेको थियो । 
५६. समीक्षा वर्षमा हायर पर्चेज कर्जा ३५.६ प्रतिशतकोउल्लेख्य दरलेर ओभरड्राफ्ट कर्जा २२.१ प्रतिशतले बढेको छ । यसैगरी रु. १ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १७.५ प्रतिशत र रियल स्टेट कर्जा १६.५ प्रतिशतले बढेको छ । 
५७. समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनसँग विस्तृत मुद्राप्रदाय र कुल निक्षेपको अनुपात केही घटेको छ भने कर्जा तथा लगानी र निजी क्षेत्रतर्पmको दावीको अनुपात अघिल्लो वर्षको तुलनामा बढेको छ । 

तरलता व्यवस्थापन 
५८. आर्थिक वर्ष २०७४ मा खुला बजार कारोबारमार्फत् रु. ६१ अर्ब तरलता प्रवाह भएको छ । यस अन्तर्गत रिपो बोलकबोल (ब्याजदर करिडोर अन्तर्गतको रु. ५ अर्ब ४० करोड सहित) मार्फत् कुल रु. ३३ अर्ब २१ करोड र सोझै खरीद बोलकबोलमार्फत रु. २७ अर्ब ७९ करोड तरलता प्रवाह भएको छ । साथै, समीक्षा वर्षमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. ६२ अर्ब ३९ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । 
५९. आर्थिक वर्ष २०७४ मा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब ११ करोड खुद खरिद गरी रु. ४३५ अर्ब ८६ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ४५ करोड खुद खरिद भई रु. ४७१ अर्ब ३५ करोड खुद तरलता प्रवाह भएको थियो । 
६०. आर्थिक वर्ष २०७४ मा खुलाबजार कारोबारमार्पmत् रु. १२४ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्पmत्रु. ४३ अर्ब ७५ करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. १६ अर्ब ४५ करोड र रिभर्स रिपोमार्पmत् रु. ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत् क्रमशः रु. २९७ अर्ब ५० करोड, रु. २३५ अर्ब ९५ करोड र रु.९ अर्ब १० करोड गरी जम्मा रु. ५४२ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको थियो । 
६१. समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब १२ करोड र यूरो १२ करोड बिक्री गरी रु. ४५१ अर्ब ८९ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ३ अर्ब ४० करोड र यूरो २१ करोड बिक्री गरी रु. ३८५ अर्ब ४७ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा तथा उत्पादनशील कर्जा 
६२. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा वर्षमा बढेको छ । आर्थिक वर्ष २०७४ मा साधारण पुनरकर्जा रु. १३ अर्ब ७८ करोड र निर्यात कर्जा रु. ८३ करोड गरी कुल रु. १४ अर्ब ६१ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षमा साधारण पुनरकर्जा रु. ७ अर्ब ६० करोड र निर्यात पुनरकर्जा रु. १ अर्ब ३० करोड गरी जम्मा रु. ८ अर्ब ९० करोड पुनरकर्जाको उपयोग भएको थियो । 
६३. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत आर्थिक वर्ष २०७२/७३ मा रु. ५ करोड ९० लाख पुनरकर्जा स्वीकृत भएकोमा २०७४ मा रु. ७९ करोड ९० लाख स्वीकृत भएको छ । 
६४. वाणिज्य बैंकहरुले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको यस्तो कर्जा अनुपात १८.२ प्रतिशत रहेको छ । 

अन्तर–बैंक कारोबार 
६५. आर्थिक वर्ष २०७४ मा वाणिज्य बैंकहरूले रु. १०६२ अर्ब ४ करोड र अन्य वित्तीय संस्थाहरू ( वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ३८१ अर्ब २ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ९६१ अर्ब ७२ करोड र रु. १२९ अर्ब ६ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
६६. २०७३ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.०५ प्रतिशत रहेकोमा २०७४ असारमा ०.७१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ असारको ०.६९ प्रतिशतको तुलनामा २०७४ असारमा ०.६४ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर वृद्धि भई २०७३ असारको ३.२५ प्रतिशतको तुलनामा २०७४ असारमा ४.४७ प्रतिशत पुगेको छ । 
६७. २०७४ असारमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असारमा यस्तो ब्याजदर अन्तर ५.६ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ असारको ६.५ प्रतिशतको तुलनामा २०७४ असारमा ९.९ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति तथा रिजोलुसन 
६८. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरे पश्चात् २०७४ असार मसान्तसम्म कुल १५० वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १११ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ३९ संस्था कायम भएका छन् । 
६९. २०७४ असारसम्ममा समस्याग्रस्त घोषणा गरिएका १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये ७ वटाको रिजोलुसन प्रक्रिया सम्पन्न भएको छ । जसमध्ये २ वटा संस्था जनरल फाइनान्स लि. र अरुण फाइनान्स लि. समस्याग्रस्तबाट हटी सामान्य रुपमा संचालनमा आइसकेका छन् । हाल कायम रहेका ९ वटा समस्याग्रस्त संस्थाहरुमध्ये ६ वटाको शेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको छ । अर्को एउटाको शेयर स्वामित्व हस्तान्तरणको लागि छलफल भइरहेको छ । बाँकी २ वटा संस्थाको भने मुद्दा अदालतमा विचाराधीन छ । 

बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति 
७०. मर्जर तथा प्राप्तिको परिणामस्वरुप यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७४ असार मसान्तमा १४९ रहेको छ । यस अनुसार २०७४ असार मसान्तमा २८ वाणिज्य बैंक, ४० विकास बैंक, २८ वित्त कम्पनी र ५३ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७३ असार मसान्तमा ४२७२ रहेकोमा २०७४ असार मसान्तमा ५०६८ पुगेको छ । 

पूँजी बजार 
७१. नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा ७.९ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा १,५८२.७ विन्दु कायम भएको छ । २०७३ असार मसान्तमा उक्त सूचकाङ्क १,७१८.२ विन्दु पुगेका थियो । 
७२. धितोपत्र बजार पूँंजीकरणमा वार्षिक विन्दुगत आधारमा १.८ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा रु. १,८५६ अर्ब ८३ करोड पुगेको छ । बजार पूँजीकरण अनुपात २०७३ असार मसान्तमा ९१ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७१.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८४.१ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५.४ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.२ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.३ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.५ प्रतिशत रहेको छ । 
७३. आर्थिक वर्ष २०७४ मा कुल शेयर कारोबार रकममा २४.९ प्रतिशतले वृद्धि भई रु. २०४ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष कारोबार रकम रु. १६३ अर्ब ९६ करोड पुगेको थियो । 
७४. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ असार मसान्तसम्ममा २०८ रहेको छ । २०७३ असार मसान्तमा यस्तो संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १६५ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्। ठछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी आर्थिक वर्ष २०७४ मा ४१.९ प्रतिशतले वृद्धि भई रु. २८९ अर्ब ५९ करोड पुगेको छ । आर्थिक वर्ष २०७४ मा रु. ४ अर्ब ६७ करोड बराबरको साधारण शेयर, रु. २९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु. ३६ अर्ब ४२ करोड बराबरको बोनस शेयर, रु. ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र रु. १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी कुल रु. १३३ अर्ब ९८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। 

परिदृष्य 
७६. हालैको निरन्तर मनसुनी वर्षाले सृजना गरेको भूक्षय तथा मुलुकको दक्षिणी भेगमा आएको बाढीले आर्थिक वर्ष २०७४÷७५ कोआर्थिक वृद्धिको परिदृष्यमा अनिश्चितता थपिदिएको छ । बाढी पहिरोतथा डुवानले मानवीय, पशुपंक्षी, पूर्वाधार तथा उर्वर भूमिमा पुर्याएको क्षतीले अर्थतन्त्रको उत्पादन क्षमतामै प्रतिकूल प्रभाव पार्ने जोखिम देखिएको छ । तथापि हालैको बाढीले वर्षे धानको उत्पादनमा पार्ने प्रभाव तत्काल आँकलन गर्नु अपरिपक्क हुन्छ । आगामी दिनको मनसुनी वर्षाको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन र भूकम्पले क्षती पुर्याएका राष्ट्रिय धरोहरहरुको पुनरनिर्माणले आगामी आर्थिक वृद्धिको परिदृष्य निर्धारण गर्ने छ । 
७७. आर्थिक वर्ष २०६१/६२ पछि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सर्वाधिक न्यून रहेको छ । हालैको बाढी पहिरोले मुद्रास्फीतिमा चाप पर्न सक्ने देखिए तापनि यो अल्पकालीन जोखिमको रुपमा मात्र रहेको छ । 
७८. वित्तीय घर्षणमा पछिल्लो समयमा उल्लेख्य सुधार भएको छ । निक्षेप तथा कर्जाको वृद्धिबीच रहेको अन्तराल साघुँरिएको छ । सुविधाजनक स्थितिमा रहेको मौद्रिक तरलताले वित्तीय अवस्था सहज बनाएको छ । बजार ब्याजदर बढ्ने क्रम रोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि, हालै सार्वजनिक भएको मौद्रिक नीतिमा ल्याइएको स्थिर ब्याजदर करिडोर अवधारणा र समष्टिगत विवेकशील नियमन जस्ता उपायहरु आगामी दिनमा वित्तीय क्षेत्रलाई थप मजबुद तथा स्थायित्व प्रवद्र्धन गर्नेतर्फ उन्मुख रहेका छन्।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *