August 20th, 2017

मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबारदेखि ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार आठ सय ६५ कित्ता सेयर निष्काशन गरेको हो । 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ । सेयर निष्काशन असोज ८ गतेसम्म हुनेछ । 

हाल मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी एक अर्ब ५४ करोड २७ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]