April 23rd, 2016

भूकम्प पीडित बीमितले अझै भुक्तानी पाएनन्

rastriya bima sansthanबीमा भनेको संकटको सहारा हो, भविष्यमा आइपर्ने संकटको न्यूनिकरण गर्न बीमा गर्ने गरिन्छ । तर, बिनासकारी भूकम्प गएको एक बर्ष वितिसक्दा पनि १ हजारभन्दा बढी भूकम्प पीडित बीमितले अझै भुक्तानी पाएका छैनन् । तर बीमा समितिका निर्देशक श्रीमान कार्की भूकम्पको दाबी भुक्तानी सन्तोषजनक भएको बताउँछन् । उनका अनुसार गत वैशाखमा गएको बिनासकारी भूकम्पसँग सम्बन्धीत दाबीहरुमध्ये ९२ प्रतिशत दाबीको भुक्तानी भइसकेको छ ।

भूकम्प पीडित बीमितहरुले १७ अर्ब ६५ करोड रुपैयाँ भुक्तानीका लागि दाबी गरेका थिए । जसमध्ये ५९ प्रतिशत अर्थात ११ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको बीमा समितिले जनाएको छ । त्यस्तै भूकम्पसँग सम्बन्धित साढे १७ हजार दाबी परेका थिए । बीमा समितिसहितको छानविन समितिले १२ हजार दाबी मात्रै भुक्तानीका लागि योग्य ठहर गरेको थियो । भुक्तानीका लागि योग्य १२ हजार दाबीमध्ये ९२ प्रतिशत अर्थात् करिब ११ हजारभन्दा बढी दाबीको भुक्तानी भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]