July 30th, 2017

निक्षेप सङ्कलन बढ्दो

चालू आर्थिक वर्ष शुरू भएको आधा महीना अवधिमा बैङ्क तथा वित्तीय क्षेत्रमा क्रमशः निक्षेप सङ्कलन बढ्न थालेको बैङ्करहरू बताउँछन् । सरकारको पूँजीगत खर्च प्रायः आर्थिक वर्षको अन्त्यतिर हुने भएकाले पनि यतिबेला सर्वसाधारणमार्फत विभिन्न खातामा रकम सङ्कलन हुन थालेपछि निक्षेप बढ्न थालेको हो ।

जेठ मसान्तसम्ममा २ खर्ब ३ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ बढेको बैङ्क तथा वित्तीय संस्थाको निक्षेप अहिले करीब १ खर्ब सङ्कलन भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क शाखाको अनुमान छ । गत जेठमा १० दशमलव १ प्रतिशत बढेको निक्षेप २०७३र७४ को अन्त्य र चालू आवको शुरुआती चरणमा निक्षेप सङ्कलनले राम्रो गति लिएको राष्ट्र बैङ्कको भनाइ छ । यद्यपि, अघिल्लो वर्षको जेठ मसान्तसम्ममा यस्तो निक्षेप १३ दशमलव ९ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब १२ करोड ६८ लाख रुपैयाँ बढेको थियो । यस्तै, वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १५ दशमलव ५ प्रतिशत बढेको छ । २०७३ जेठ मसान्तसम्ममा यस्तो निक्षेप १८ दशमलव ५ प्रतिशत बढेको थियो । गत जेठ मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्तीअन्तर्गत ७ दशमलव ९, बचतअन्तर्गत ३५ दशमलव ८ र मुद्दतीअन्तर्गत ४३ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलव ५ प्रतिशत, ४३ दशमलव ८ प्रतिशत र ३० दशमलव २ प्रतिशत थियो ।

पछिल्लो समय निक्षेप बढ्दै गएपछि कर्जा लगानीमा केही सहज हुन थालेको बैङ्करहरूको भनाइ छ । गत जेठ मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको निजीक्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १७ दशमलव १ प्रतिशत बढेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव ८ प्रतिशत बढेको थियो । निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको २० दशमलव ५ प्रतिशत र विकास बैङ्कहरूको १ दशमलव ५ प्रतिशत बढेको छ भने वित्त कम्पनीहरूको शून्य दशमलव ६ प्रतिशत घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठमा बैङ्क तथा वित्तीय संस्थाहरूको निजीक्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २१ दशमलव ९ प्रतिशत बढेको छ । २०७३ जेठ मसान्तमा यस्तो कर्जा २० दशमलव ९ प्रतिशत बढेको थियो । नेपाल राष्ट्र बैङ्कको ११ महीनाको तथ्याङ्कलाई आधार मान्दा कृषि क्षेत्रतर्फको कर्जा १२ दशमलव ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव २ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९ दशमलव ९ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १४ दशमलव ९ प्रतिशत, सेवाक्षेत्रका उद्योगतर्फको कर्जा १७ दशमलव ७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६ दशमलव २ प्रतिशत बढेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको २०७४ जेठसम्ममा लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव १ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दशकलव ९ प्रतिशत कर्जा चालू सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु०को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव ३ प्रतिशत र १४ प्रतिशत थियो । यसैगरी, २०७४ जेठ मसान्तमा वाणिज्य बैङ्कहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २ दशमलव ७ प्रतिशत अर्थात् रू। ४४ अर्ब ३७ करोड छ । यस्तै, वाणिज्य बैङ्कहरूबाट प्रवाहित ट्रष्ट रिसिट ९आयात० कर्जा शून्य दशमलव ९ प्रतिशत ९रू। ६२ करोड० घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३६ प्रतिशत बढेको थियो । यसबीचमा वाणिज्य बैङ्कहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर भने ५ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्षको जेठमा यस्तो ब्याजदर अन्तर ५ दशमलव ९ प्रतिशत थियो । त्यसैगरी, वाणिज्य बैङ्कहरूको औसत आधार ब्याजदर २०७३ जेठको ६ दशमलव ३ प्रतिशतको तुलनामा २०७४ जेठमा ९ दशमलव ४ प्रतिशत कायम हुन आएको राष्ट्र बैङ्कको भनाइ छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]