July 17th, 2017

५३ पुग्यो लघुवित्तको संस्थाको संख्या

नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त संस्थालाई सञ्चालनको अनुमति दिएको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको सबैको लघुवित्त वित्तीय संस्था र १० जिल्ले स्पर्श लघुवित्त वित्तीय संस्थालाई सञ्चालनको अनुमति दिएको हो । 

तनहुँको बन्दीपूरमा केन्द्रीय कार्यालय रहेको सबैकोलाई राष्ट्र बैंकले मुलुकभरलाई कार्यक्षेत्र बनाउने गरी असार ३० गते सञ्चालनको अनुमति दिएको जनाएको छ । त्यस्तै, त्यस्तै कास्की, बाग्लुङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत गुल्मी, अर्घाखाँची र गोरखा गरी १० जिल्लामा कार्यक्षेत्र रहने गरी स्पर्श लघुवित्तलाई असार २९ गते अनुमति दिइएको राष्ट्र बैंकले जनाएको छ । यो लघुवित्तको केन्द्रीय कार्यालय भने पोखरामा रहने छ । 

दुई संस्था थपिएसँगै अब लघुवित्त संस्थाको संख्या ५३ पुगेको छ । जसमध्ये २५ लघुवित्त संस्थाले राष्ट्रिय स्तरमा सेवा दिइरहेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]