May 22nd, 2017

१० बराबर तीनको अनुपातमा हकप्रद जारी गर्न सिद्धार्थ बैंकले पायो अनुमति

सिद्धार्थ बैंक लिमिटेडले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई सोमबार (जेठ ७ गते) अनुमति दिएको हो । 

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँ सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल सिद्धार्थ बैंकको चुक्तापुँजी पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार पाँच सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार तीन सय रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]