May 21st, 2017

राष्ट्रिय सहकारी बैंक पनि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध

बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई पनि अप्रत्यक्ष सदस्यको रुपमा अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराएको छ । सो सम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र राष्ट्रिय सहकारी बैंक लिमिटेडका तर्पmबाट प्रबन्ध निर्देशक के.बी. उपे्रतीले हस्ताक्षर गरेका छन् । 

यससम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उक्त सहकारी बैंकलाई अप्रत्यक्ष सदस्यकोरुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ । साथमा उक्त सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था समेत मिलाइएको क्लियरिङ हाउसले बताएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका सदस्य सहकारी संस्थाहरुले NCHL-IPS प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानीहरु सजिलै गर्न सक्नेछन् । यसअघि नगद र चेकबाट हु“दै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हु“दा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने हु“दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राष्ट्रिय सहकारी बैंक र सदस्य सहकारी संस्थाहरु लाभान्वित हुने विश्वास लिइएको छ । 

उक्त प्रणालीमा हालसम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र अन्य पाँच कम्पनीहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ । राष्ट्रिय सहकारी बैंकसँगको यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा सदस्य संख्या ७९ पुगेको छ । 

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी,ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी जस्ता भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट हु“दै आएका छन् । ग्राहकले आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरु माफ्र्mत उक्त सेवा प्राप्त गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]