नेपाल धितोपत्र बोर्ड नेपालको पुँजी बजारको नियामक निकाय हो । स्थापना कालदेखि हालसम्म बोर्डले नेपालको पुँजी बजारको विकासका लागि थुप्रै कामहरु गरेको छ । यसैबीच, दोस्रो बजार सुधार तथा विकासका लागि धितोपत्र बोर्डले गरेका केही मूख्य गतिविधिहरुका बारेमा यहाँ प्रकाश पारिन्छ :
१. धितोपत्रको दोस्रो बजार पूर्ण स्वचालित युगमा प्रवेश
नेपालमा धितोपत्रको कारोबार प्रणाली यसअघि नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित सञ्चालनको लागि २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोबार हुने गरी पूर्ण स्वचालित सेवा अर्थात कारोबार, नामसारी र राफसाफको स्वचालित सञ्चालन व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै नेपालको धितोपत्र बजार दक्षिण एसियाका अन्य देशको धितोपत्र बजारसरह नै आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ ।
२. दलाल व्यवसायी शूल्कमा ४० प्रतिशतसम्म कटौती
दक्षिण एसियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोबारमा लाग्ने दलाल व्यवसायिक शूल्कलाई समसामयिक बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को २०७३ श्रावणमा संशोधन गरी दलाल व्यवसायी शूल्कमा ४० प्रतिशतसम्म कटौती गरिएको छ । दलाल व्यवसायी शूल्कमा भएको कटौतीले दोस्रो बजारका लगानीकर्ताहरुमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
३. ओटीसी बजारको कारोबारमा वृद्धि तथा कारोबार शूल्कमा ९० प्रतिशतसम्म कटौती
धितोपत्र सम्बन्धी ऐन, २०७३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २३ को प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ओटीसी (ओभर द काउण्टर) बजार सञ्चालन विनियमावली, २०६५ मिति २०६५।०२।२२ गतेदेखि लागू गरी विगत आठ वर्षदेखि ओटीसी कारोबार भइरहेको पृष्ठभूमिमा बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिदविक्री ओटीसी बजारमा गर्न सकिने जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा दिएको छ । साथमा बोर्डले नेपाल स्टक एक्सचेन्जलाई ओटीसी बजार व्यवस्थित गर्न निर्देशित गरेपश्चात् आर्थिक वर्ष २०७२।७३ मा एक करोड २९ लाख १९ हजार तीन सय ३१ कित्ता सेयर ओटीसी बजारमार्फत कारोबार भएको छ । साथै, ओटीसी बजारलाई थप प्रतिष्पर्धी बनाउन ओटीसी बजारको कारोबार शूल्कमा ९० प्रतिशतसम्म कटौती गरिएको छ ।
४. धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यको उपयुक्त व्यवस्था
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यलाई व्यवस्थि तगर्न तथा लगानीकर्ताहरुको धितोपत्र कारोबारमा विश्वशनीयता अभिवृद्धि गर्न धितोपत्र कारोबार राफसाफा तथा फछ्र्यौट विनियमावली, २०६९ को विनिमय ४६ बमोजिम कारोबार भुक्तानी सुनिश्चित कोष सञ्चालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डमा पेश गर्न, क्लियरिङ बैंक थप गर्न, धितोपत्र राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफासाफ सम्बन्धमा त्ंद्द मा नै पे इन गर्न लगाउने, त्ंघ मा खरिदकर्ताको खातामा धितोपत्र तथा विक्रीकर्ताको खातामा रकम जम्मा हुने व्यवस्थ ागर्न र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ लिमिटेडले परिपत्र गरी कडाइका साथ सोको पालना गर्न गराउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएकोमा त्ंघ व्यवस्था समीक्षा अवधिमा पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।
५. बजारको गहिराई हेर्ने व्यवस्था
बोर्डले सम्पूर्ण लगानीकर्ताहरुलाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्ने गरी बजारको गहिराई (मार्केट डेप्थ) हेर्ने व्यवस्था गरेको छ । यसले लगानीकर्ताहरुलाई आफ्नो खरिदविक्री आदेश के कुन मूल्यमा दिन उपयुक्त हुन्छ भन्ने निर्णय गर्नलाई सहज भएको छ ।
६. अन्तरराष्ट्रिय स्तर अनुरुपको कारोबार प्रणाली भित्र्याउन नेप्सेलाई निर्देशन
विश्व पुँजी बजारमा अत्याधुनिक कारोबार प्रणालीहरु प्रचलनमा आइसकेको अवस्थामा क्रस बोर्डर लिस्टिङ एण्ड ट्रेडिङको व्यवस्था गर्न र गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई प्रवेश गराउने विश्वसनीय वातावरण बनाउनको लागि धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय कारोबार प्रणालीको स्तर अनुरुप हुने र टेष्टेड सिस्टम भित्राउनेतर्फ पहल गर्न बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई निर्देशन दिएको छ ।
७. सूचना प्रवाह व्यवस्थित गर्न निर्देशन
बोर्डले सूचिकृत संगठित संस्थाहरुलाई आफ्नो मूल्य संवेदनशील सूचनाहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ भने त्यसरी प्रवाह हुने सूचना प्रमाणित गरी एउटै स्टान्डर्ड फम्र्याटमा लगानीकर्ताहरुले सहज रुपमा हेर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई निर्देशन दिएको छ ।
८. धितोपत्र व्यवसायीलाई निर्देशन
सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिई बडापत्रको व्यवस्था गर्न निर्देशन दिइएको छ । महिला, अपांग, केटाकेटीसहितका साना लगानीकर्ताहरुलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ फ्लोरमा थप ट्रेडिङ विण्डो उपलब्ध गराउने व्यवस्था गर्न गराउन निर्देशन दिइएको छ ।
९. नागरिक लगानी कोष तथा गैर आवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गर्न सहजीकरण
धितोपत्र बजारमा स्थायित्व कायम हुने वातावरण तयार गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्न भएको छ । धितोपत्रको दोस्रो बजारमा एनआरएनले सहज रुपमा प्रवेशको लागि पटकपटक माग गर्दै आइरहेको एवम् विगतको बजेटमा धितोपत्र बजारमा एनआरएनको लगानी आकर्षित गर्ने नीति लिएको परिप्रेक्ष्यमा धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि बनाउन आवश्यक देखिएकाले सो बमोजिम कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने गरी एक समिति गठान गरिएको छ ।