May 19th, 2017

८७ लाख ६० हजार कित्ता सेयर जारी गर्दै सान्जेन जलविद्युत् कम्पनी

सान्जेन जलविद्युत कम्पनीले ८७ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणदाता संस्थाका कर्मचारी, संस्थापक सेयरधनी, संस्थाका कर्मचारी र कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि उक्त अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । 

सेयर निस्कासनका लागि नागरिक लगानी कोषले सह–निष्काशन कम्पनीहरु एनसिएम मर्चेन्ट बैकिङ, सिभिल क्यापिटल मार्केट, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलसँग सम्झौता गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]