May 18th, 2017

कहिलेलाई सर्यो, राष्ट्र बैंक सहायक निर्देशकको परीक्षा ?

नेपाल राष्ट्र बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) पदपूर्तिका लिन लागेको दोस्रो चरणको परीक्षाको मिति सारेको छ । राष्ट्र बैंकले जम्मा १० जना माग गरेकोमा पहिलो चरणमा एक सय ९५ जनालाई लिखित परीक्षाबाट छनौट गरेको छ । छनौटमा भएका यी उम्मेदवारको दोस्रो चरणको लिखित परीक्षा यसअघि जेठ २२, २३ र २४ गते विहान ८ बजे हुने भनिएकोमा सोको संशोधन गरि साउन ९, १० र ११ गते विहान ८ बजे हुने जानकारी गराइएको छ । 

दोस्रो चरणको परीक्षाको विषयमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/hrm/recruitment/ExamRescheduled20740204.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]