May 16th, 2017

मंगलबारदेखि नेप्सेमा दुई कम्पनी थपिए, कतिमा खुल्यो कारोबार ?

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । यी कम्पनीले सेयर कारोबार नेप्सेमा पहिलो पटक खुलेको हो । केही महिनाअघि आईपिओ जारी गरेका यी दुवै कम्पनीले गत हप्ता मात्रै नेप्सेमा सेयर सूचिकरण गराएका थिए ।

नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको कारोबार एसपीडिएल (SPDL)कोडमा सुरु भएको छ । सिनर्जीको पहिलो कारोबारका लागि सेयरमूल्य प्रतिकित्ता न्यूनत्म ७८ रुपैयाँ र अधिकत्म प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । सिनर्जीले २१ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो । सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको छ ।

त्यस्तै, फरवार्ड कम्युनिटीको एफओडब्लुएडि (FOWAD) कोडमा कारोबार सुरु भएको छ । फरवार्ड कम्युनिटीको पहिलो कारोबार मूल्य ३५० रुपैयाँदेखि १०५१ रुपैयाँ तोकिएको छ । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सले छ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]