April 28th, 2017

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मुनाफा ४३ प्रतिशतले बढ्यो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ८५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा शाइन रेसुंगाले १८ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

एक अर्ब १० करोड २८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा २७ दशमलव ७९ प्रतिशतले वृद्धि गरी नौ अर्ब २६ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २८ दशमलव ०२ प्रतिशतले वृद्धि गरी आठ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५५ दशमलव ५९ प्रतिशतले बढेर ५० करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५१ दशमलव ४५ प्रतिशत बढेर ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ४३ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा एक करोड ७१ लाख रुपैयाँ राखिएको छ भने जगेडाकोषमा ४६ करोड ४० लाख रुपैयाँ छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १६ दशमलव ८८ प्रतिशत, प्रतिसेयर आम्दानी ३२ दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ६२ गुणा, प्रतिसेयर नेटवर्थ १४२ दशमलव ०७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८० प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]