April 28th, 2017

ललितपूर फाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

ललितपूर फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । फाइनान्सले वैशाख ११ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

ललितपूर फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ बराबरको १८ लाख ७९ हजार चार सय ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि फाइनान्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल ललितपूर फाइनान्सको चुक्तापुँजी १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि फाइनान्सको चुक्तापुँजी ३७ करोड ५८ लाख ९० हजार छ सय रुपैयाँ पुग्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]